Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

कर्णाली प्रदेशको उपसभामुखमा न्यौपाने निर्वाचित


कर्णाली प्रदेशसभाको उपसभामुखमा सत्ता गठबन्धनका साझा उम्मेदवार यशोदा न्यौपाने निर्वाचित हुनुभएको छ । सभामुख नन्दा गुरुङले प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको पाँचाँै बैठकको कारबाही प्रारम्भ गर्दै कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम ९ बमोजिम मत विभाजन गर्नुभएको थियो ।

प्रदेशसभामा रहेका ४० सदस्यमध्ये बैठकमा ३८ सदस्य उपस्थित रहेका र न्यौपानेलाई २४ मत प्राप्त भएको थियो । त्यस्तै नेपाली कांगे्रसका उपसभामुखका उम्मेदवार इन्द्राकुमारी शाहीको पक्षमा १४ मत परेको थियो । प्रदेशसभाका स्वतन्त्र उम्मेदवार देवेन्द्र शाही भने तटस्थ रहनुभयो । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य न्यौपाने कालीकोटबाट सो पार्टीको समानुपातिकमा निर्वाचित हुनुभएको हो ।

प्रदेशसभाको अर्को बैठक यही माघ ६ गते दिउँसो १ बजे बस्ने कार्यक्रम छ ।


प्रकाशित मिति: ४ माघ २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?