Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

कर्णाली प्रदेशको उपसभामुखमा न्यौपाने निर्वाचित


कर्णाली प्रदेशसभाको उपसभामुखमा सत्ता गठबन्धनका साझा उम्मेदवार यशोदा न्यौपाने निर्वाचित हुनुभएको छ । सभामुख नन्दा गुरुङले प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको पाँचाँै बैठकको कारबाही प्रारम्भ गर्दै कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम ९ बमोजिम मत विभाजन गर्नुभएको थियो ।

प्रदेशसभामा रहेका ४० सदस्यमध्ये बैठकमा ३८ सदस्य उपस्थित रहेका र न्यौपानेलाई २४ मत प्राप्त भएको थियो । त्यस्तै नेपाली कांगे्रसका उपसभामुखका उम्मेदवार इन्द्राकुमारी शाहीको पक्षमा १४ मत परेको थियो । प्रदेशसभाका स्वतन्त्र उम्मेदवार देवेन्द्र शाही भने तटस्थ रहनुभयो । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य न्यौपाने कालीकोटबाट सो पार्टीको समानुपातिकमा निर्वाचित हुनुभएको हो ।

प्रदेशसभाको अर्को बैठक यही माघ ६ गते दिउँसो १ बजे बस्ने कार्यक्रम छ ।


प्रकाशित मिति: ४ माघ २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?