Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१२ माघ २०८२, सोमबार
१२ माघ २०८२, सोमबार

टर्किले अस्विकार गर्यो युक्रेनमा रूस निर्मित वायु रक्षा प्रणाली पठाउने अमेरिकी प्रस्ताव


२५ वैशाख, एजेन्सी । युक्रेनमा रुसमा निर्मित एस-४०० एयर डिफेन्स सिस्टम पठाउन अमेरिकले गरेको प्रस्ताव टर्किएले अस्वीकार गरेको टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुले आइतबार बताएका छन् । वाशिङ्टनले टर्किएले सो रक्षा प्रणालीको नियन्त्रण अमेरिका वा अन्य कुनै देशलाई सुम्पिनुपर्ने सुझाव दिएको पनि अर्द्ध आधिकारिक एनाडोलु एजेन्सीले काबुसोग्लुलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।

उनका अनुसार ती प्रस्तावहरू टर्किएका लागि अस्वीकार्य थिए किनभने तिनीहरू टर्किएको सार्वभौमसत्तासँग प्रत्यक्ष सरोकार राख्ने विषय हुन् । वाशिङ्गटनले पछि टर्किएलाई एफ-३५ लडाकु विमानको आपूर्ति रोकेपछि टर्किएले रुस निर्मित प्रणाली खरिद गरेको थियो । सो कदमपछि टर्किएमाथि प्रतिबन्ध लगाइएको थियो।

यसैबीच विकसित घटनाक्रमले संयुक्त राज्य अमेरिका र टर्किए बीच तनाव बढ्ने दिशातर्फ गएको टिप्पणी भएको छ ।


प्रकाशित मिति: २५ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?