Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

पेरुको सुन खानीमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु


२५ वैशाख, एजेन्सी । पेरूको दक्षिणी क्षेत्रमा रहेको एक सुन खानीमा आगलागी हुँदा कम्तीमा २७ जना कामदारको मृत्यु भएको अधिकारीहरूले आइतबार बताएका छन् ।

एरिक्विपा क्षेत्रमा रहेको ला एस्पेरान्जा खानीभित्रको सुरुङमा शनिबार सर्ट सर्किटका कारण आगलागी भएको प्रहरी र सरकारी अधिवक्ताको कार्यालयले जनाएको छ ।

सरकारी अभियोजक जियोभान्नी माटोसले च्यानल एन टेलिभिजनलाई दिएको जानकारीअनुसार खानीभित्र २७ जनाको मृत्यु भएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार सुदूर कोन्डेसुयोस प्रान्तको खानीमा विस्फोट भएपछि आगलागी सुरु भएको हो ।

प्रहरीले मृतकको विवरण सङ्कलन गरेपछि मात्रै आगलागीको खबर आइतबार प्रकाशित गरेको हो ।

उद्धार टोलीले मृतकको शव निकाल्नुअघि खानीलाई सुरक्षित बनाउने प्रयास गरिरहेका बताइएको छ ।

माटोसले भने, “हामीले मृतकहरू सुरक्षित भएको ठाउँ बनाउनुपर्छ ताकि हामी त्यहाँ पस्न र शवहरू निकाल्न सक्छौं ।”


प्रकाशित मिति: २५ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?