Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१२ माघ २०८२, सोमबार
१२ माघ २०८२, सोमबार

कङ्गोमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या करिब ४०० पुग्यो


२५ वैशाख, एजेन्सी । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्रमा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या करिब ४०० पुगेको एक अधिकारीले आइतबार जानकारी दिएका छन् ।

कालेहे क्षेत्रका प्रशासक थोमस बाकेङ्गाका अनुसार गत साताको बाढीपछि कम्तीमा ३९४ जनाको शव निकालिएको छ ।

उनले शनिबार बाढी र पहिरोका कारण कम्तीमा २०३ जनाको मृत्यु भएको घोषणा गरेका थिए ।

दक्षिण किवु प्रान्तको कालेहे क्षेत्रमा बिहीबार भएको भारी वर्षाका कारण नदीहरूमा पानीको बहाव बढेपछि बुसुशु र न्यामुकुबी गाउँहरूमा पहिरो गएको थियो ।

“अहिलेसम्म ३९० भन्दा बढी शवहरू फेला परेको हामीलाई जानकारी प्राप्त भएको छ,” उहाँले आइतबार टेलिफोनमा एएफपीसँग भने ।

उनका अनुसार बुसुशुमा १४२, न्यामुकुबीमा १३२ र इदज्वी नजिकैको किवु तालमा १२० शव तैरिरहेको अवस्थामा फेला परेका थिए ।

बिहीबारदेखि लगातार मृतकहरू भेटिएका उनीहरूको सरकारी अधिकारी र सम्भवभएसम्म आफन्तको उपस्थितिमा अन्त्येष्टि गरिएको बाकेङ्गाले बताए ।


प्रकाशित मिति: २५ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?