Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
१० कार्तिक २०८३, सोमबार
१० कार्तिक २०८३, सोमबार

मेरो कुनै गल्ती छैन, म डराउँदिन : नेका नेत्री देउवा


२४ वैशाख ,काठमाडौँ । नेपाली कांग्रेसकी सांसद डा आरजु राणा देउवाले नक्कली भूटानी शरणार्थी प्रकरणमा आफूलाई नियतबस र जबर्जस्ती तान्न खोजिएको भन्दै तर त्यसमा आफूले नबिराएकाले नडराउने बताएकि छन् ।

प्रतितिधिसभको आजको बैठकमा आफूमाथि लक्षित गर्दै उठेका प्रश्नको जवाफमा उनले आफूले त्यस प्रकरणका बारेमा थाहा नपाएको स्पष्ट गरिन् । उनले आफू नभएको दिनमा आफ्नो नाम जोडेर अनेक थरी प्रश्नहरु उठाइएको र नक्कली मान्छेहरु खडा गरेर अडियो बनाइएको देख्दा र सुन्दै आफूलाई निकै दुःख लागेको बताईन् ।

उनले आफूले कसैका बारेमा कुनै टिकाटिप्पणी नगरी आफ्नै हिसाबले समाजसेवा र राजनीतिक गरेको तर आफ्ना विरुद्धमा भने नियोजित रुपमै दुष्प्रचार गरिएको बताईन् ।

उनले भनिन्, “एउटा नारीले आफ्नो हैसियतमा राजनीति गरेको यो देशमा सैह्य हुँदैन रहेछ । पुरूषले भनेको ठाउँमा मात्र नारी बस्नुपर्ने, उनीहरूले भनेको भाषा मात्रै हामीले बोल्नुपर्ने, उनीहरूले भनेको मात्र हामीले अभ्यास गर्नुपर्नेे, कुनै पनि नारी अलिकति सार्वजनिक जीवनमा आयो भने पुरूषहरूलाई असैह्य हुने परिस्थिति बनेको छ । तर पनि जसले जति आलोचना गरे पनि मैले बिराएको छैन, म डराउन्न ।”

उनले अहिले चर्चामा रहेको शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता त के त्यो प्रकरणका बारेमा थाहासमेत नपाएको बताईन् । साथै उनले आफू विरुद्ध प्रचार गर्ने नेता या जो कसैलाई पनि तथ्यमा आधारित भएर बोल्न पनि आग्रह गरिन् ।

उनले आफू र श्रीमान् शेरबहादुर देउवाको सम्पत्ति विवरण नेपाल सरकारलाई बुझाएको बताउँदै सबै सांसदहरुको पनि सम्पत्ति विवरण वेबसाइटमा प्रकाशित गर्न र कसको के कति सम्पत्ति छ, बढ्यो या घट्यो भन्ने बारेमा जनताले सबैले थाहा पाउने परिस्थिति बनाउन पनि स्पष्ट गरिन् ।


प्रकाशित मिति: २४ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?