Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

चलचित्रकर्मीको कोषमा गायिका झाको सहयोग


नेपाली चलचित्रकर्मीको निमित्त स्थापित ‘चलचित्रकर्मी कल्याण कोष’मा गायिका दीपानारायण झाले सहयोग गर्नुभएको छ । साङ्गीतिक कार्यक्रमको क्रममा नेपाल आइपुग्नुभएकी झाले आफूसँगै श्रीमान् गायक उदितनारायण झासहितको सहयोग भन्दै कोषमा रु पाँच लाख एक सय ११ सहयोग गर्नुभएको हो । “गीत–सङ्गीतमार्फत म र मेरा श्रीमान्ले धेरै माया र साथ पाएका छौँ । नेपाली चलचित्रकर्मीको हितमा स्थापना गरिएको कोषमा केही सहयोग गर्न पाउँदा खुसी लागेको छ”, गायिका झाले भन्नभयो, “नेपाली गीतमार्फत मैले गायन जीवनमा पाएको उपलब्धि म कहिले भुल्न सक्दिनँ ।”

यस्तै अभिनेता तथा निर्माता दीपकराज गिरी र अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले जनही रु एक लाख एक सय ११, अभिनेत्री स्वस्तिमा खड्का र कलाकार तथा निर्माता निर्मल शर्माले जनही रु ५१ हजार एक सय ११ र चलचित्रकर्मी महिला सशक्तीकरण समितिका संयोजक गीता नेपालले रु ११ हजार एक सय ११ कोषमा सहयोग प्रदान गर्नुभएको छ । कोषका संयोजक वसुन्धरा भुसालले सहयोगीलाई धन्यवाद दिनुभयो । “यो कोष स्थापना चलचित्रकर्मीकै लागि गरिएको हो । कोषमा रु पाँच करोड जम्मा भइसकेको छ । हाम्रो लक्ष्य रु १० करोडको छ”, उहाँले भन्नुभयो । नेपाली चलचित्र क्षेत्रमा निरन्तररूपमा कार्यरत चलचित्रकर्मी गम्भीर बिरामी भएको अवस्था, दुर्घटनामा परी उपचाररत अवस्था, आर्थिकरूपले विपन्न एवं असहाय भएको अवस्थामा सहयोग गर्ने उद्देश्यले २२ वर्षअघि कोष स्थापना गरिएको हो । चाबहिलस्थित चलचित्र विकास बोर्डमा एक कार्यक्रमको आयोजना गरी सहयोग रकम प्रदान गर्नेलाई कदरपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा बोर्ड अध्यक्ष भुवन केसीसँगै पूर्वअध्यक्ष शम्भुजीत बाँस्कोटा, कृष्ण मल्ल र राजकुमार राई, नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष रवीन्द्र खड्का र उपाध्यक्ष मोहन निरौला, नेपाल चलचित्र प्राविधिक सङ्घका अध्यक्ष पुष्कर लामा, बोर्डका सदस्यद्वय राज कटुवाल र प्रकाश भट्टराई, फिल्म निर्देशक माधवराज खरेललगायत उपस्थित हुनुहुन्थ्यो ।


प्रकाशित मिति: ४ माघ २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?