Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

मुसलधारे वर्षाले कङ्गोमा १७५ भन्दा बढीको ज्यान लियो


२४ वैशाख, एजेन्सी । कङ्गोमा भारी वर्षाका कारण १७५ जनाभन्दा बढीको ज्यान गएको छ । वर्षाबाट  देशभर व्यापक क्षति भएको छ भने  थुप्रै गाउँहरू  तहसनहस भएका छन् ।  अल जजीराले क्षेत्रीय अधिकारीहरूलाई उद्धृत गर्दै  सो बारे उल्लेख गरेको छ ।

दक्षिण किभुको प्रान्तीय कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार बिहीबारको मुसलधारे वर्षाले प्रान्तको एउटा नदीमा पानी मात्रा बढेको  छ र त्यसले गर्दा बुसुका गाउँहरूमा ठूलो क जनधनको क्षति भएको छ।

सामाजिक सञ्जालमा भाइरल भइरहेका तस्बिरहरूले मौसम सफा भइसकेको देखाएको छ । मध्य–अफ्रिकी देशका अधिकांश भागमा भारी वर्षाका कारण व्यापक विनाश भएको छ।  यसै बीच दक्षिण किभुमा पहिरो र बाढीका घटनाहरू बढेका छन् ।

दक्षिण किभुका गभर्नर थियो नग्वाबिदजे कासीले १७६ जनाको ज्यान गएको जानकारी दिदै केही व्यक्तिहरू अझै हराइरहेको बताएका छन् । हालैको बाढीले कङ्गोमा विभिन्न सशस्त्र समूहहरू बीचको दशकौंदेखिको द्वन्द्वले ल्याएको वर्तमान मानवीय अवस्थालाई थप दर्दनाक बनाएको छ।

हालैको संयुक्त राष्ट्रसंघको जनगणना अनुसार त्यहाँ कम्तिमा १२२ विद्रोही गुटहरू छन् भने  विगत २५ वर्षभन्दा बढी समयदेखि लडिरहेका छन्।


प्रकाशित मिति: २४ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?