Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

मुसलधारे वर्षाले कङ्गोमा १७५ भन्दा बढीको ज्यान लियो


२४ वैशाख, एजेन्सी । कङ्गोमा भारी वर्षाका कारण १७५ जनाभन्दा बढीको ज्यान गएको छ । वर्षाबाट  देशभर व्यापक क्षति भएको छ भने  थुप्रै गाउँहरू  तहसनहस भएका छन् ।  अल जजीराले क्षेत्रीय अधिकारीहरूलाई उद्धृत गर्दै  सो बारे उल्लेख गरेको छ ।

दक्षिण किभुको प्रान्तीय कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार बिहीबारको मुसलधारे वर्षाले प्रान्तको एउटा नदीमा पानी मात्रा बढेको  छ र त्यसले गर्दा बुसुका गाउँहरूमा ठूलो क जनधनको क्षति भएको छ।

सामाजिक सञ्जालमा भाइरल भइरहेका तस्बिरहरूले मौसम सफा भइसकेको देखाएको छ । मध्य–अफ्रिकी देशका अधिकांश भागमा भारी वर्षाका कारण व्यापक विनाश भएको छ।  यसै बीच दक्षिण किभुमा पहिरो र बाढीका घटनाहरू बढेका छन् ।

दक्षिण किभुका गभर्नर थियो नग्वाबिदजे कासीले १७६ जनाको ज्यान गएको जानकारी दिदै केही व्यक्तिहरू अझै हराइरहेको बताएका छन् । हालैको बाढीले कङ्गोमा विभिन्न सशस्त्र समूहहरू बीचको दशकौंदेखिको द्वन्द्वले ल्याएको वर्तमान मानवीय अवस्थालाई थप दर्दनाक बनाएको छ।

हालैको संयुक्त राष्ट्रसंघको जनगणना अनुसार त्यहाँ कम्तिमा १२२ विद्रोही गुटहरू छन् भने  विगत २५ वर्षभन्दा बढी समयदेखि लडिरहेका छन्।


प्रकाशित मिति: २४ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?