Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

उच्च अदालत पाटनको फैसला- टुकुचा ढल होइन, खोला नै हो


२४ वैशाख, काठमाडाैँ । उच्च अदालत पाटनले काठमाडौँ उपत्यकाको मध्यभाग भएर बग्ने इच्छुमती (टुकुचा) ढल नभइ खोला नै भएको फैसला गरेको छ । काठमाडौँ महानगरपालिकाले जय नेपाल हलबाट कमलादी क्षेत्रसम्मको नदी छोपिएको भन्दै खुला गर्न सुरु गरेपछि अदालतमा मुद्दा परेको थियो ।

अदालतले गरेको फैसलाको पूर्णपाठमा खोला नै भन्ने उल्लेख भएपछि जग्गा प्राप्तिसम्बन्धी कानुन अनुसार नदीमाथिको जग्गा लिइएको हो वा होइन भनी नापी कार्यालयलगायत सरोकार भएका निकायसँग बुझ्न लागिएको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

“खोला भएकाले यसको पहिचान हुन्छ । यससँग जोडिएको जमिन सार्वजनिक हुन्छ”, उच्च अदालतको पूर्णपाठबारे उनले सुनाए । कानुनबमोजिम जग्गा प्राप्ति गरेको भए लगत कट्टा गर्ने महानगरपालिकाको तयारी छ । लगत कट्टापछि फेरि काम सुरु गर्ने मानन्धर बताउँछन् ।

अदालतका प्रवक्ता मन्दिरा शाहीले पनि टुकुचा ढल नभइ खोला नै भएको फैसलामा उल्लेख गरिएको जानकारी दिए । महानगरपालिका प्रमुख बालेन्द्र शाहले आजै सामाजिक सञ्जालमा अदालतको फैसलापछि विधिसम्मत तरिकाले महानगरपालिकाले सुरु गरेको खोला र त्यसको दायाँबायाँको जग्गाा संरक्षण गरिने उल्लेख गरेका छन् ।


प्रकाशित मिति: २४ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?