Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
११ कार्तिक २०८३, मंगलवार
११ कार्तिक २०८३, मंगलवार

जसपाले बोलायो केन्द्रीय समिति बैठक


२४ वैशाख, काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्नो केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । बैठक यही वैशाख २७ गते बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको सो पार्टीका कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए ।

पार्टीको विधान अधिवेशन, सरकारमा सहभागितालगायतका विषयमा छलफल गर्न उक्त बैठक बोलाइएको सो पार्टीले जनाएको छ ।

जसपाले पुस्तिका प्रकाशन गर्ने 

जनता समाजवादी पार्टीले आफ्ना जनप्रतिनिधिको विवरण समावेश गरी पुस्तिका प्रकाशन गर्ने भएको छ । पार्टीको केन्द्रीय सूचना, सञ्चार, प्रकाशन तथा प्रचार विभागको बैठकले उक्त निर्णय गरेको हो ।

स्थानीय तहका पदाधिकारीदेखि सङ्घीय सांसदसम्मको विवरण पुस्तकमा समावेश गरी प्रकाशन गरिने विभागका प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनका अनुसार पार्टीको संयन्त्र र निर्वाचन आयोगसँग पुस्तक प्रकाशनका लागि आवश्यक समन्वय गरिनेछ ।


प्रकाशित मिति: २४ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?