Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

चीन र भियतनामले बेइबु खाडीमा १० करोड माछा छाडे


२४ वैशाख, एजेन्सी । चीन र भियतनामका कृषि अधिकारीहरूले शनिबार दिउँसो बेइबु खाडीको पानीमा करिब १० करोड माछा छाडेका छन्।

दुई देशले संयुक्त रूपम बेइबु खाडीमा माछापालनका स्रोतहरू पुनर्स्थापना गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रको सीमावर्ती शहर फाङ्चेनगङ्मा भएको थियो।

यस वर्षको कार्यक्रम अन्तर्गत ब्ल्याक सी ब्रीम, येलोफिन सी ब्रीम र झींगा माछा लगायत आठ प्रजातिका जलीय जीवहरूलाई बेइबु खाडीको पानीमा छाडिएको थियो।

चीन-भियतनाम माछापालन सहयोगको लामो इतिहास रहेको र यस्तै अन्य क्षेत्रमा दुई देशबीचको सकारात्मक अन्तरक्रिया र सहयोगले दुवै पक्षका जनतालाई ठोस लाभ दिएको पनि कृषि तथा ग्रामीण मामिलाका उपमन्त्री मा यु छ्याङले बताएका छन् ।

सन् २०१७ देखि चीन र भियतनामले बेइबु खाडीमा पाँचवटा समान कार्यक्रमहरू सञ्चालन गरेका छन् जसमा चीनद्वारा २२६ मिलियन भन्दा बढी माछा र झिंगाहरू संरक्षण गरिएको छ ।


प्रकाशित मिति: २४ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?