Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
३ पुष २०८२, बिहीबार
३ पुष २०८२, बिहीबार

भारतको उत्तरपूर्वी क्षेत्रमा जातीय झडप, ५४ जनाको मृत्यु


२४ वैशाख, एजेन्सी । भारतको सुदूर उत्तरपूर्वी क्षेत्रमा रहेको मणिपुर राज्यमा भएको जातीय झडपमा परी मृत्यु हुनेको सङ्ख्या शनिबार ५४ पुगेको छ । जनजातीय समूहले निकालेको विरोध प्रदर्शनमा प्रहरी बलपछि परिस्थिति हिंसात्मक बनेको भन्दै हजारौं सैनिकलाई मणिपुर राज्यमा पठाइएको छ ।

अधिकारीहरूले इन्टरनेट ब्ल्याकआउट लागू गरे र अशान्ति नियन्त्रण गर्ने प्रयासमा ‘चरम अवस्थामा’ गोली हान्ने आदेश जारी गरेका छन् ।

भारतका कानुनमन्त्री किरेन रिजिजुले शनिबार पत्रकारसँग कुरा गर्दै केही दिनयता चलेको झडपमा धेरैको ज्यान गएको र सम्पत्तिमा क्षति पुगेको बताएका छन् ।

इन्टरनेट बन्द गरिएका कारण मणिपुरबाट सूचना प्रवाहमा बाधा पुगेको छ र पछिल्लो झडपको विवरण पाउन कठिन भएको छ ।छिमेकी राज्य नागाल्याण्डमा रहेको भारतीय सेनाको एक टुकडीले हिंसाबाट बच्न १३ हजार मानिसले शरण लिएको जनाएको छ ।

राज्यका उच्च प्रहरी अधिकारीले दङ्गाकारीहरूले प्रहरी चौकीहरूबाट हातहतियार र गोलाबारुद चोरेको चबताएकोे केही घण्टापछि शुक्रबार राति फेरि हिंसात्मक झडप भएपछि स्थिति तनावपूर्ण बनेको थियो ।

राज्यको राजधानी इम्फाल र थप दक्षिणमा रहेको चुराचन्दपुर जिल्लामा रहेका अस्पतालका मुर्दाघरमा झडपमा मृत्यु भएका जम्मा ५४ जनाको शब राखिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

“सोह्र शव चुराचन्दपुर जिल्ला अस्पतालको शवगृहमा राखिएको छ भने १५ शव इम्फाल पूर्वी जिल्लाको ‘जवाहरलाल नेहरु इन्स्टिच्युट अफ मेडिकल साइन्सेस’मा राखिएको छ,” प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई) ले स्रोतमा नाम उल्लेख नगरिकन एक स्थानीय अधिकारीलाई उद्धृत गर्दै लेखेको छ ।इम्फाल पश्चिम जिल्लाको लाम्फेलस्थित क्षेत्रिय अस्पताल ‘रिजनल इन्स्टिच्युट अफ मेडिकल साइन्सेज’ले २३ जनाको मृत्यु भएको जानकारी दिएको छ ।

मणिपुरका प्रहरी महानिर्देशक पी। ढुङ्गेलले शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै सुरक्षा बलले स्थितिलाई नियन्त्रणमा लिइरहेको बताउनुभएको छ ।सुरक्षा बल र मणिपुर सरकारले यस हप्ताको हिंसामा मृत्यु हुनेको आधिकारिक विवरण सार्वजनिक गरेका छैनन् ।


प्रकाशित मिति: २४ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?