Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

कङ्गोमा बाढीका कारण एक सयभन्दा बढीको मृत्यु


२३ वैशाख, एजेन्सी । पूर्वी कङ्गोको दक्षिणी किभु प्रान्तमा रातभर परेको भीषण वर्षाका कारण आएको बाढी र पहिरोमा परी १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

क्षेत्रीय सरकारी अधिकारी थोमस बेकेन्गेले कालेहेको प्रभावित क्षेत्रको निरीक्षण गरेपछि सो बारे जानकारी दिएका हुन् ।

उनले नजिकैको किभु तालको किनारबाट शव सङ्कलन भइरहेको पनि बताएका छन् । बिहीबार साँझबाट शुरु भएको भारी वर्षापछि दुईवटा नदीले आफ्नो किनार तोडेर विनाश मच्चाएका छन् । त्यसैगरी पहिराले सयौं घरहरू ध्वस्त भएका छन् भने अन्य ठूलो धनजनको क्षति भएको बताइएको छ ।

न्यामुकुबी गाउँका ७५ प्रतिशतभन्दा बढी घरहरू बाढीले बगाएको स्थानीय बासिन्दाले अनुमान गरेका छन् ।


प्रकाशित मिति: २३ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?