Trending
>>   टेलिकमको अवरुद्ध सेवा सञ्चालन >>   खानेपानीका पाइप फुटेका ठाउँमा जडान गर्न मन्त्री यादवको निर्देशन >>   भारतद्वारा हाइपरसोनिक मिसाइल प्रक्षेपण >>   मनपरी हवाई भाडा वृद्धि गरी यात्रुलाई ठग्ने वायुसेवा कम्पनीहरुलाई कारबाही गर्छौं : मन्त्री पाण्डे >>   दुर्गा प्रसाईकाे नयाँ महाअभियान ‘फस्ट नेपाल,फस्ट नेपाली’ >>   सञ्चालनमा ल्याएको तीन महिना नबित्दै अनिश्चितकालका लागि धरहरा बन्द ! >>   उपनिर्वाचनका लागि मनोनयन दर्ता थालियाे >>   नेपाल टेलिकमको सेवामा पटक-पटक समस्याः फोन नलाग्ने र एसमएम नगएर सेवाग्राही मर्कामा ! >>   उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागू: सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि कडाइ ! >>   संघीयताले आर्थिक केन्द्रहरु बिस्तार भए: अर्थमन्त्री पौडेल
Logo
२ मंसिर २०८१, आईतवार
२ मंसिर २०८१, आईतवार

योजनामा दोहरोपनले कार्यान्वयनमा समस्या


२२ वैशाख ,कञ्चनपुर । विकास निर्माणका योजनामा दोहरोपना (डुप्लिकेसन) हुदा कार्यान्वयनमा समस्या हुने गरेको छ । प्रदेश निर्वाचन क्षेत्रस्तरीय योजना तर्जुमा गोष्ठीका सहभागीहरूले प्रदेश सरकारले योजना निर्माण र सञ्चालन गर्दा स्थानीय तहसँग समन्वय नगर्दा दोहरोपना हुदै आएको बताए । शुक्लाफाँटा नगरपालिकाका प्रमुख रणबहादुर महराले प्रदेशका योजना नगरपालिकाको कुन क्षेत्रमा सञ्चालन गरिँदैछन् भन्नेबारे जानकारी नै नदिइने गरिएको बताए ।

“प्रदेश सरकारले सञ्चालन गरेका योजना फरफारक भएपछि वा योजनामा विवाद भएपछि मात्रै थाहा हुने गरेका छन्”, उनले भने, “नगरसभाबाट पारित भएका योजनाहरूलाई प्रदेश सरकारले प्राथमिकतामा राखेर अगाडि बढाउनुपर्छ, ठूला योजना प्रदेशले र ससाना योजना नगरले सञ्चालन गर्ने व्यवस्था मिलाइए दोहोरोपनाको कार्यलाई न्यूनीकरण गर्न सकिन्छ ।”स्थानीय तहप्रति उत्तरदायी भएर प्रदेशबाट योजना सञ्चालन हुनुपर्ने उल्लेख गर्दै उनले गोजीबाट योजना सञ्चालन हुने परिपाटीको अन्त्य गरिनुपर्ने बताए ।

गोष्ठीमा सहभागी वेदकोट नगरपालिकाका प्रमुख भोजराज बोहराले पालिकाको वडास्तरबाट छनोट भएर आएका योजनालाई प्रदेश सरकारले प्राथमिकतामा राख्नुपर्ने बताए । “नगरपालिकाको साधन स्रोतले नधानेका योजनाहरू प्रदेश सरकारको प्राथमिकतमा पर्नुपर्छ”, उनले भने, “आवश्यकताका आधरमा योजना छनोट गरी कार्यान्वयनमा ल्याउनुपर्नेमा पहुँचका भरमा योजना छनोट हुँदा दोहरोपनाको समस्या बढ्दै गएको छ, यसको निराकरणका लागि नगरपालिकासँग माग गरेका योजनालाई महत्त्व दिएर कार्यान्वयनमा ल्याउनुपर्छ ।”

उनले गत वर्ष प्रदेश सरकारले पहुँचका भरमा वडा नं ८ मा धेरै योजना आएको चर्चा गर्दै अरू नौ वडामा न्यून बजेट आउँदा विकासका कार्यमा असन्तुलन पैदा भएको बताए । जिल्लामा तटबन्ध निर्माण गर्ने धेरै कार्यालय हुँदा योजनामा दोहरोपना बढेर गएको बताए । “तटबन्ध निर्माण गर्ने एउटै कार्यालय भए दोहरोपना हुँदैन”, उनले भने, “नगरपालिकाबाट सञ्चालन हुने योजनालाई पनि सहजरूपमा सञ्चालन गर्न सकिन्छ ।”

कृष्णपुर नगरपालिकाका उपप्रमुख द्रोपती रानाले प्रदेशबाट सञ्चालन हुने योजना कुनै ठाउँमा तीनचार वटा, कुनैमा एउटा योजना पनि नपर्ने गरेको बताईन् । “नगरपालिकासँग समन्वय गरे दोहोरोपना हुँदैन”, उनले भनिन्, “योजनाबारे नगरपालिकालाई पनि जानकारी दिनुपर्छ ।”

सुदूरपश्चिम प्रदेशसभा सदस्य बहादुरसिंह थापाले स्थानीय तहका जनप्रतिनिधिले उठाएका विषयमा सहमत रहेको बताए । उनले विकास निर्माणका कार्यमा स्थानीय तहसँग सहकार्य गरेर नै जानुपर्ने मान्यता रहेको बताए । “जनताको घरदैलोबाट आएका योजनाहरूले प्राथमिकता पाओस् भन्ने चाहना हाम्रो पनि छ”, उनले भने, “चुनावका बेला जनतासँग गरेका धेरै वाचा छन्, ती पनि पूरा गर्नै पर्छ ।”

अग्रिम घुस दिएर आएका योजनाबारे प्रदेशभरि चर्चाको विषय बनेको उल्लेख गर्दै उनले विगतको सरकारका समयमा भएका विकृतिको अन्त्य गरेर अगाडि बढ्ने बताए । प्रदेशसभा सदस्य गीताकुमारी चौधरीले स्थानीय तहबाट सिफारिस भएर आएका योजनालाई प्रदेश सरकारले अगाडि बढाउनुपर्ने बताए । “बजेटको सीमा घटेर आएको छ”, उनले भने, “प्राथमिकताका आधारमा योजना सञ्चालन हुनुपर्छ ।”

गोष्ठीमा वेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरूले वडाबाट प्राथमिकीकरणमा परेका विषयगत र वस्तुगत योजनाको प्रस्ताव तयार गरी प्रदेश सरकारलाई बुझाउने तयारीमा रहेको बताए ।


प्रकाशित मिति: २२ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?