Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१२ माघ २०८२, सोमबार
१२ माघ २०८२, सोमबार

काश्मिरमा झडप, दुई भारतीय सैनिकको मृत्यु


२२ वैशाख, एजेन्सी । भारत प्रशासित काश्मिरमा शुक्रबार दुई सैनिकको मृत्यु भएको छ भने सेनाले विवादित क्षेत्रमा आतङ्ककारीले विछ््याएको विष्फोटक पदार्थका कारण मृत्यु भएको आरोप लगाएको छ ।

भारतीय सेनाले गत महिनादेखि पाकिस्तानी सीमा नजिकैको रजौरी जिल्लामा विद्रोहीको खोजी अभियान चलाइरहेको छ ।

सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “चट्टानी र भिरालोे क्षेत्रमा एउटा खोजी टोलीले गुफामा बसेका आतङ्ककारीहरूको एक समूहलाई भेटेको छ । ”

त्यसपछि संदिग्ध विद्रोहीले विष्फोटक पदार्थ विष्फोट गराउँदा दुई जनाको मृत्यु हुनुका साथै अन्य चार सैनिक घाइते भएका थिए ।

सन् २०१९ मा नयाँ दिल्लीले कश्मीरको आंशिक स्वायत्तता खारेज गरेपछि कश्मीरमा केन्द्रविरोधी आक्रोश बढेको छ ।

सन् १९८९ देखि विद्रोही समूहहरूले स्वतन्त्रता वा पाकिस्तानमा विलयको माग गर्दै भारत नियन्त्रित क्षेत्रमा तैनाथ करिब पाँच लाख भारतीय सैनिकसँग लडेका छन् ।

यस क्रममा अहिलेसम्म दशौं हजार सर्वसाधारण, सैनिक र विद्रोही मारिएका छन् ।


प्रकाशित मिति: २२ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?