Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

सर्वियामा फेरि नरसंहार, ८ जनाको मृत्यु


२२ वैशाख, एजेन्सी । एक साताको अन्तरालमा सर्वियामा फेरि नरसंहारको अर्को घटना भएको छ । बेलग्रेडबाट ६० किलोमिटर दक्षिणमा रहेको म्लादेनोभाकमा गुडिरहेको गाडीबाट एक जना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा आठ जनाको मृत्यु भएको तथा अन्य १३ जना घाइते भएका सरकारी सञ्चार माध्यमले जनाएका छन् ।

बिहीबार साँझ दुबोनास्थित एक उद्यानमा एक जना प्रहरी अधिकारीसँग झगडा भएपछि करिब २० वर्षको एक युवकले स्वचालित हतियारबाट गोली प्रहार गरी उनीहरूलाई मारेको स्थानीय सञ्चारमाध्यमले आज जनाएका छन् । आक्रमणकारीको खोजी भइरहेको छ । सुरक्षा निकायले भारी मात्रमा प्रहरी परिचालनका साथै हेलिकप्टर र ड्रोन प्रयोग गरेर आक्रमणकारीको खोजी गरिरहेको छ । आक्रमणमा मारिएका सबै २३ वर्ष मुनिका किशोरकिशोरी हुन् ।

नरसंहारको घटनाबारे जानकारी प्राप्त हुनेवित्तिकै स्वास्थ्यमन्त्री, सुरक्षा तथा गुप्तचर निकायका उच्च अधिकारी घटनास्थल पुगेर त्यहाँको वस्तुस्थितिबारे जानकारी लिएका थिए ।

गत बुधबार बेलग्रेडको एक विद्यालयमा १३ वर्षका एक जना विद्यार्थीले गोली हानेर आफ्ना आठ जना साथीको हत्या गरेको थियो । एक साताको अन्तरालमा भएका यी दुई घटनाले सर्वियाली सरकारलाई बन्दुकको स्वामित्वमा कठोर प्रतिबन्ध लगाउन प्रेरित गरेको छ ।

पहिलेदेखि नै बन्दुकसम्बन्धी धेरै कडा कानुन भएको सर्वियामा बन्दुक हिंसाका घटना बिरलै हुने गरेका थिए । अन्य युरोपेली देशको तुलनामा सर्वियामा बन्दुकको स्वामित्व स्वतन्त्रता अधिक छ । सन् २०१९ को एक तथ्याङ्कअनुसार हरेक एक सय सर्वियालीमध्ये करिब ४० जनाले बन्दुक बोक्ने वा राख्ने गरेका छन् । अमेरिका र मोन्टेनेग्रोपछि बन्दुक राख्ने अनुमति प्राप्त देश विश्वकै तेस्रो मुलुक सर्विया हो ।


प्रकाशित मिति: २२ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?