Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

सर्वियामा फेरि नरसंहार, ८ जनाको मृत्यु


२२ वैशाख, एजेन्सी । एक साताको अन्तरालमा सर्वियामा फेरि नरसंहारको अर्को घटना भएको छ । बेलग्रेडबाट ६० किलोमिटर दक्षिणमा रहेको म्लादेनोभाकमा गुडिरहेको गाडीबाट एक जना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा आठ जनाको मृत्यु भएको तथा अन्य १३ जना घाइते भएका सरकारी सञ्चार माध्यमले जनाएका छन् ।

बिहीबार साँझ दुबोनास्थित एक उद्यानमा एक जना प्रहरी अधिकारीसँग झगडा भएपछि करिब २० वर्षको एक युवकले स्वचालित हतियारबाट गोली प्रहार गरी उनीहरूलाई मारेको स्थानीय सञ्चारमाध्यमले आज जनाएका छन् । आक्रमणकारीको खोजी भइरहेको छ । सुरक्षा निकायले भारी मात्रमा प्रहरी परिचालनका साथै हेलिकप्टर र ड्रोन प्रयोग गरेर आक्रमणकारीको खोजी गरिरहेको छ । आक्रमणमा मारिएका सबै २३ वर्ष मुनिका किशोरकिशोरी हुन् ।

नरसंहारको घटनाबारे जानकारी प्राप्त हुनेवित्तिकै स्वास्थ्यमन्त्री, सुरक्षा तथा गुप्तचर निकायका उच्च अधिकारी घटनास्थल पुगेर त्यहाँको वस्तुस्थितिबारे जानकारी लिएका थिए ।

गत बुधबार बेलग्रेडको एक विद्यालयमा १३ वर्षका एक जना विद्यार्थीले गोली हानेर आफ्ना आठ जना साथीको हत्या गरेको थियो । एक साताको अन्तरालमा भएका यी दुई घटनाले सर्वियाली सरकारलाई बन्दुकको स्वामित्वमा कठोर प्रतिबन्ध लगाउन प्रेरित गरेको छ ।

पहिलेदेखि नै बन्दुकसम्बन्धी धेरै कडा कानुन भएको सर्वियामा बन्दुक हिंसाका घटना बिरलै हुने गरेका थिए । अन्य युरोपेली देशको तुलनामा सर्वियामा बन्दुकको स्वामित्व स्वतन्त्रता अधिक छ । सन् २०१९ को एक तथ्याङ्कअनुसार हरेक एक सय सर्वियालीमध्ये करिब ४० जनाले बन्दुक बोक्ने वा राख्ने गरेका छन् । अमेरिका र मोन्टेनेग्रोपछि बन्दुक राख्ने अनुमति प्राप्त देश विश्वकै तेस्रो मुलुक सर्विया हो ।


प्रकाशित मिति: २२ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?