Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

‘ए’ डिजिभन लिग : मछिन्द्र विजयी


२१ वैशाख ,काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा साविक विजेता मच्छिन्द्र फुटबल क्लबले सङ्कटा क्लबलाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिहीबार मच्छिन्द्रले सङ्कटा क्लबलाई ३–१ गोलअन्तरले पराजित गरेको हो । मच्छिन्द्रको जितमा देवेन्द्र तामाङ, ओलावाले आफिज र विमल घर्तीमगरले एक–एक गोल गरे ।

यता सङ्कटाका लागि भने जुनियर एनकेनगुएले एक गोल फर्काए । खेलको चौथो मिनेटमा देवेन्द्रले गोल गर्दै मच्छिन्द्रलाई पहिलो अग्रता दिलाए ।

त्यस्तै खेलको ६९औँ मिनेटमा मच्छिन्द्रका अर्का खेलाडी ओलावाले गोल गर्दा आफ्नो टोलीको अग्रता दोब्बर बनाए । यसैगरी खेलको ७८औँ मिनेटमा सङ्कटाका खेलाडी जुनियरले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए ।

त्यसपछि खेलको ८९औँ मिनेटमा विमलले गोल गर्दै मच्छिन्द्रलाई ३–१ को जित दिलाए । यस जितसँगै मच्छिन्द्र १४ खेलमा २१ अङ्क जोड्दै अङ्कतालिकाको पाँचौँ स्थानमा उक्लिएको छ ।

समान १४ खेल नै खेलेको सङ्कटाले १६ अङ्क जोड्दै अङ्कतालिकाको ११औँ स्थानमा रहेको छ ।


प्रकाशित मिति: २१ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?