Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

संयुक्त राष्ट्रसंघ महासचिवद्वारा सुडानका युद्धरत पक्षलाई शान्ति र मेलमिलापका निम्ति आग्रह


२१ वैशाख, एजेन्सी र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बुधबार सुडानका युद्धरत पक्षहरूलाई शान्ति र मेलमिलापको बाटो अपनाउन आह्वान गरेका छन्। बढ्दो मानवीय सङ्कटबाट बच्न शान्ति र मेलमिलापको बाटो अपनाउन उनले सम्बन्धित सबै पक्षलाई विशेष आह्वान गरेका हुन्।

केन्याको राजधानी नैरोबीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गुटेरेसले अप्रिलको मध्यमा सुडानमा शुरु भएको द्वन्द्व गम्भीर चिन्ताको विषय रहेको बताउँदै लडाकूहरूबीच हतियार बिसाउँनु जरुरी रहेको बताएका छन्।

“ठूलो जनधनको क्षति हुनु अघि यो लडाइँ रोक्नु आवश्यक छ र यो द्वन्द्व एक सर्वव्यापी युद्धमा विस्फोट हुनसक्छ,” गुटरेसले भने। “सबै पक्षहरूले सुडानी जनताको हितलाई प्राथमिकतामा राख्नुपर्छ – जसको अर्थ शान्ति, समृद्धि र स्वदेश फर्किने हो”, उनको टिप्पणी छ ।
महासचिव गुटेरेसले पूर्वी अफ्रिकी राष्ट्रको आफ्नो आधिकारिक भ्रमणका क्रममा केन्याका अधिकारीहरूसँग सुडानको अवस्थाबारे छलफल गर्ने अपेक्षा गरिएको छ । साथै यस वर्षको संयुक्त राष्ट्रसंघ प्रणाली प्रमुख कार्यकारी बोर्ड समन्वयको पहिलो सत्रको अध्यक्षता गर्ने पनि अपेक्षा गरिएको छ।

सो बोर्ड जुन प्रत्येक वर्ष दुई पटक बैठक बस्ने गर्छ । त्यसले संयुक्त राष्ट्रसंघ एजेन्सीहरू, कोष र कार्यक्रमहरूका नेताहरूलाई एकसाथ भेला पारेर संयुक्त राष्ट्रसंघ प्रणालीको उच्च समन्वय मञ्चको रूपमा प्रस्तुत हुन्छ ।

खाना, सफा पिउने पानी र अत्यावश्यक औषधिको पहुँचको अभावमा सुडानको सङ्कटले नागरिकहरूलाई मारमा पारेको स्वीकार भन्दै महासचिवले सुडानी सशस्त्र बल (एसएएफ) का प्रमुख अब्देल फताह अल-बुर्हान लगायत सबैलाई शान्तिका लागि आग्रह गरेका छन् ।


प्रकाशित मिति: २१ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?