Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

चीनमा कारखानामा विस्फोट हुँदा ९ जनाको मृत्यु


२१ वैशाख, एजेन्सी । चीनको एक रासायनिक कारखानामा भएको विस्फोटमा परी नौ जनाको मृत्यु भएको छ ।

घटनामा परी एक जना घाइते भएका र एक जना अझै सम्पर्कमा आउन नसकेको लियाओचेङको स्थानीय प्रशासनले जनाएको छ ।

चीनको पूर्वी शान्दोङ प्रान्तको लियाओचेङ शहरमा हाइड्रोजन पेरोक्साइड उत्पादन गर्ने कारखानाको एक क्षेत्रमा सोमबार बिहान विस्फोट भएको राज्य सञ्चालित समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

प्रारम्भिक रिपोर्टमा घटनामा पाँच जनाको मृत्यु भएको बताइए पनि पछि थप चार जनाको शव फेला परेको सिन्ह्वाले जनाएको छ ।

उद्धार कार्य जारी छ र विस्फोटको कारणबारे अनुसन्धान भइरहेको छ ।

एक जना घाइतेलाई तत्काल अस्पताल लगिएको छ र विस्फोटका कारण लागेको आगो निभाइएको छ । हराइरहेका एक व्यक्तिको खोजी जारी छ ।

यो प्लान्ट चीनको सरकारी स्वामित्वको समूह सिनोकेमको एक भाग लुक्सी केमिकल ग्रुपले सञ्चालन गर्दै आएको छ ।


प्रकाशित मिति: २१ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?