२१ वैशाख, भैरहवा । पूर्व उपप्रधान तथा गृहमन्त्री टोपबहादुर रायमाझी पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी बनाइ नेपालीलाई अमेरिका पठाउने गरेको अरोपमा मुछिए रायमाझी भैरहवाबाट पक्राउ परेका हुन् ।
उनलाई काठमाडाैँ ल्याउने तयारी भएको बताइएको छ ।
रायमाझी र उनका छोरा सन्दिपविरूद्ध जिल्ला अदालत काठमाडौँ बुधबार पक्राउ पुर्जी जारी गरेको थियो । सन्दिप भने हिजो नै पक्राउ भइसकेका छन् ।
रायमाझी नेकपा एमालेका सचिव समेत हुन् ।
प्रकाशित मिति: २१ बैशाख २०८०, बिहीबार