Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

७ कक्षामा पढ्ने बालकले गोली चलाउँदा विद्यालयमा ९ जनाको मृत्यु


२१ वैशाख, एजेन्सी । सर्बियाको राजधानी बेलग्रेडको एक विद्यालयमा बुधबार भएको गोलीकाण्डमा परी आठ विद्यार्थी र एक सुरक्षाकर्मीको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

यस घटनाले बाल्कन राष्ट्रलाई तर्साएको छ । दशकौंदेखि यति ठूलो परिमाणमा स्कूलमा गोली चलेको थिएन ।

स्थानीय समयअनुसार बिहान ८ः४० बजे बेलग्रेडको व्राकर जिल्लामा रहेको एक प्राथमिक विद्यालयमा गोली चलेको थियो ।

विद्यालय बाहिर कुरेर बसिरहेका विद्यार्थीहरू व्याकुल देखिएका कारण अभिभावकहरू घटनास्थलमा पुगेपछि प्रहरीले छिमेक सिल गर्न तुरुन्तै कदम चालेको थियो ।

“घटनामा आठ बालबालिका र एक सुरक्षा गार्डको मृत्यु भएको छ भने छ बालबालिका र एक शिक्षक घाइते भएका छन्,” गृह मन्त्रालयले भनेको छ ।

सबै प्रहरी बलहरू अझै पनि घटनास्थलमा छन् र यस त्रासदीको कारणबारे सबै तथ्य र परिस्थितिहरू प्रकाश पार्ने काम गरिरहेका छन् ।

बेलग्रेडको भ्राकर जिल्लाका अध्यक्ष मिलन नेडेलजकोभिकले विद्यालयका सुरक्षा गार्डले आक्रमणकारीको अगाडि आफूलाई राखेर थप मृत्यु हुनबाट रोकेको हुनसक्ने बताएका छन् ।

नेडेलजकोभिकले विद्यालयबाहिर टेलिभिजनमा प्रत्यक्ष पत्रकारसँग कुरा गर्दै भने,“गार्डले दुर्घटना रोक्ने प्रयासमा उहाँ पहिलो शिकार हुनुभएको थियो ।

बुधबार बिहानै प्रहरीले गोली प्रहारपछि एक किशोरलाई पक्राउ गरेको जनाएको थियो ।

गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “प्रहरीले तत्काल उपलब्ध सबै गस्ती टोली घटनास्थलमा पठायो । त्यहाँबाट विद्यार्थी र विद्यालयको सुरक्षा गार्डलाई लक्षित गरी आफ्नो बुबाको बन्दुकबाट धेरै गोली चलाएको आशङ्का गरिएका कक्षा ७ मा अध्ययनरत एक संदिग्ध बालकलाई प्रहरी नियन्त्रणमा लिइएको छ ।” प्रहरीले शङ्कास्पद आक्रमणकारीको बारेमा थप जानकारी सार्वजनिक गरेको छैन वा कुनै सम्भावित उद्देश्यको बारेमा टिप्पणी गरेको छैन ।


प्रकाशित मिति: २१ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?