Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

अझै समाधान भएन नेपाल टेलिकमको समस्या


टेलिकमको प्रि-पेड र पोस्टपेड दुवै नेटवर्कमा मङ्गलवार दिउँसो १२ बजेदेखि नै देखिएको समस्या अझै पनि समाधान हुन सकेको छैन। नेपाल टेलिकमको नेटवर्क बाट फोन, एस.एम.एस गर्न नमिल्ने तथा डाटा समेत लिन नमिल्ने र भएकोमा पनि नचल्ने समस्या आएपछि उपभोक्ता आक्रोशित बनेका थिए।

सूचना अधिकारी सोभान अधिकारीले एकै समयमा निर्धारित कल सङ्ख्या भन्दा बढी कलहरू भएकाले उक्त समस्या देखा परेको बताएका थिए।

उक्त सूचना अधिकारीले समस्या समाधान भइसकेको बताए पनि समस्या पूर्ण रूपमा समाधान भई नसकेको पाइएको छ। अझै पनि केही समय काम गर्ने र बढी जसो समय सोही समस्या रहिरहेको उपभोक्ताहरूले बताएका छन्।

घन्टौँ सम्म पनि राष्ट्रका उच्च स्तरमा रहेका यस्ता संस्थानहरूले यति सानो समस्या समेत समयमा समाधान गर्न नसक्नु कर्मचारीतन्त्रको मात्रै नभई राज्यकै लज्जाको विषय हो, यस्ता विषयहरूमा राज्य संवेदनशील कहिले बन्ने? यस्ता साना तिना लापरबाहीका कारण उपभोक्तामा परेको समस्या र यसले पारेको घाटाको परिपूर्ति कसले गरिदिने?

के आज मात्रै बिस्तार भएको मन्त्रीमण्डलकी सूचना तथा सञ्चार मन्त्री रेखा शर्माको यता ध्यान जाला ? यो भने चासोको विषय बनेको छ।


प्रकाशित मिति: ३ माघ २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?