Trending
>>   चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ >>   भ्रष्टाचार अन्त्य गर्ने एक मात्रै विकल्प समाजवादः झलनाथ खनाल >>   मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल >>   अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल >>   प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली >>   ‘कमरेड जलजला उपन्याशसको विवेचना’ पुस्तक विमोचन >>   नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक >>   हेटौँडा बजार क्षेत्रमा सडक विस्तारः चल्यो शनिवार बिहानै डोजर >>   चुनावपछि एमालेले फेरि सरकार बनाउँछःओली >>   राष्ट्रिय राजनीतिको चुनौति सामना गर्न ओलीलाई फेरि नेतृत्वमा ल्याउन खोजेका हौंः शंकर पोखरेल
Logo
२१ मंसिर २०८२, आईतवार
२१ मंसिर २०८२, आईतवार

अझै समाधान भएन नेपाल टेलिकमको समस्या


टेलिकमको प्रि-पेड र पोस्टपेड दुवै नेटवर्कमा मङ्गलवार दिउँसो १२ बजेदेखि नै देखिएको समस्या अझै पनि समाधान हुन सकेको छैन। नेपाल टेलिकमको नेटवर्क बाट फोन, एस.एम.एस गर्न नमिल्ने तथा डाटा समेत लिन नमिल्ने र भएकोमा पनि नचल्ने समस्या आएपछि उपभोक्ता आक्रोशित बनेका थिए।

सूचना अधिकारी सोभान अधिकारीले एकै समयमा निर्धारित कल सङ्ख्या भन्दा बढी कलहरू भएकाले उक्त समस्या देखा परेको बताएका थिए।

उक्त सूचना अधिकारीले समस्या समाधान भइसकेको बताए पनि समस्या पूर्ण रूपमा समाधान भई नसकेको पाइएको छ। अझै पनि केही समय काम गर्ने र बढी जसो समय सोही समस्या रहिरहेको उपभोक्ताहरूले बताएका छन्।

घन्टौँ सम्म पनि राष्ट्रका उच्च स्तरमा रहेका यस्ता संस्थानहरूले यति सानो समस्या समेत समयमा समाधान गर्न नसक्नु कर्मचारीतन्त्रको मात्रै नभई राज्यकै लज्जाको विषय हो, यस्ता विषयहरूमा राज्य संवेदनशील कहिले बन्ने? यस्ता साना तिना लापरबाहीका कारण उपभोक्तामा परेको समस्या र यसले पारेको घाटाको परिपूर्ति कसले गरिदिने?

के आज मात्रै बिस्तार भएको मन्त्रीमण्डलकी सूचना तथा सञ्चार मन्त्री रेखा शर्माको यता ध्यान जाला ? यो भने चासोको विषय बनेको छ।


प्रकाशित मिति: ३ माघ २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?