Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

नेप्से निरन्तर घट्दो, कारोबार खुम्चियो


२० वैशाख, काठमाडाैँ । घट्दो क्रममा रहेको शेयर बजारले आज पनि निरन्तरता पाएको छ । यो सातामा कारोबारको तेस्रो दिन पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक रातो देखिएको हो । नेप्से परिसूचक आज नौ दशमलव १८ अङ्कले घटेर एक हजार आठ सय ५७ दशमलव २३ अङ्कमा कायम भएको हो । नेप्सेका अनुसार दुई सय ६५ वटा कम्पनीको २१ लाख ५५ हजार पाँच सय ८६ कित्ता शेयर १८ हजार आठ सय ७६ पटक खरिद बिक्री हुँदा कारोबार रकम रू ६२ करोड दुई लाख ६६ हजारमा खुम्चिएको छ ।

उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ५६ र म्युचुअल फन्ड शून्य दशमलव ०३ अङकले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै जीवन बीमा समूह ५९ दशमलव ६९ र होटल तथा पर्यटन समूह ५२ दशमलव ६० अङ्कले घटेको छ ।

त्यसैगरी, बैंकिङ समूह एक दशमलव ९८, विकास बैंक समूह आठ दशमलव ०१, वित्त समूह १२ दशमलव २९, जलविद्युत् समूह २९ दशमलव २३ र लगानी समूह शून्य दशमलव ०९ अङ्कले घटेको छ । लघुवित्त समूह २१ दशमलव ४१, निर्जीवन बीमा समूह १४ दशमलव ५९, व्यापार समूह तीन दशमलव ६६ र अन्य समूह १४ दशमलव ५२ अङ्कले घटेको छ ।

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै छ दशमलव ०९ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा एनआइबिएल ग्रोथ फन्डको शेयर मूल्य पाँच दशमलव ३५ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू तीन करोड पाँच लाख तीन हजार चार सय ९८ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर लिमिटेडको एक लाख १४ हजार पाँच सय ९२ कित्ता शेयर किनबेच भएको छ ।


प्रकाशित मिति: २० बैशाख २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?