Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

नेप्से निरन्तर घट्दो, कारोबार खुम्चियो


२० वैशाख, काठमाडाैँ । घट्दो क्रममा रहेको शेयर बजारले आज पनि निरन्तरता पाएको छ । यो सातामा कारोबारको तेस्रो दिन पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक रातो देखिएको हो । नेप्से परिसूचक आज नौ दशमलव १८ अङ्कले घटेर एक हजार आठ सय ५७ दशमलव २३ अङ्कमा कायम भएको हो । नेप्सेका अनुसार दुई सय ६५ वटा कम्पनीको २१ लाख ५५ हजार पाँच सय ८६ कित्ता शेयर १८ हजार आठ सय ७६ पटक खरिद बिक्री हुँदा कारोबार रकम रू ६२ करोड दुई लाख ६६ हजारमा खुम्चिएको छ ।

उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ५६ र म्युचुअल फन्ड शून्य दशमलव ०३ अङकले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै जीवन बीमा समूह ५९ दशमलव ६९ र होटल तथा पर्यटन समूह ५२ दशमलव ६० अङ्कले घटेको छ ।

त्यसैगरी, बैंकिङ समूह एक दशमलव ९८, विकास बैंक समूह आठ दशमलव ०१, वित्त समूह १२ दशमलव २९, जलविद्युत् समूह २९ दशमलव २३ र लगानी समूह शून्य दशमलव ०९ अङ्कले घटेको छ । लघुवित्त समूह २१ दशमलव ४१, निर्जीवन बीमा समूह १४ दशमलव ५९, व्यापार समूह तीन दशमलव ६६ र अन्य समूह १४ दशमलव ५२ अङ्कले घटेको छ ।

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै छ दशमलव ०९ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा एनआइबिएल ग्रोथ फन्डको शेयर मूल्य पाँच दशमलव ३५ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू तीन करोड पाँच लाख तीन हजार चार सय ९८ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर लिमिटेडको एक लाख १४ हजार पाँच सय ९२ कित्ता शेयर किनबेच भएको छ ।


प्रकाशित मिति: २० बैशाख २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?