Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

नेपाली क्रिकेट खेलाडीहरूलाई सरकारले जनही ६-६ लाख सहित पुरस्कृत गर्ने


२० वैशाख, काठमाडाैँ । एसिसी प्रिमियर कपको उपाधि जितेका नेपाली क्रिकेट खेलाडीहरूलाई सरकारले नगद रकम सहित पुरस्कृत गर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले क्रिकेट खेलाडीलाई जनही ६ लाख दिने निर्णय गरेको हो ।

त्यसैगरी, राष्ट्रिय क्रिकेट टिमका अफिसियललाई जनही ३ लाख रुपैयाँ दिने निर्णय भएको पनि सरकारकी प्रवक्त रेखा शर्माले जानकारी दिएकी छन् ।

एसिसि प्रिमियर कप अन्तर्गत मंगलबार भएको फाइनलमा नेपालले युएईलाई ७ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । उक्त उपाधि जितेको नेपालले एसिया कपमा स्थान समेत बनाएको छ ।

नेपालले अब अक्टोबरमा पाकिस्तानमा हुने एसिया कपमा भारत र पाकिस्तानसँग खेल्नेछ ।


प्रकाशित मिति: २० बैशाख २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?