Trending
>>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

नेपाल टेलिकमको नेटवर्कमा देशैभर समस्या


नेपाल टेलिकमको नेटवर्कमा देशैभर समस्या देखिएको छ । टेलिकमको प्रि-पेड र पोस्टपेड दुवै मोबाइलमा मङ्गलवार बिहानैदेखि समस्या आएको उपभोक्ताहरूले बताएका छन् । मोबाइलमा सम्पर्क नहुने समस्या आएपछि देशभरका लाखौँ सेवाग्राही समस्यामा परेका छन् ।

नेपाल टेलिकमका सिम बाट कुनै पनि नेटवर्कमा फोन नजाने समस्या आएपछि उपभोक्ताहरू आक्रोशित बनेका छन् भने टेलिकममा आएको समस्याको पनि पहिचान भैसकेको छैन।

टेलिकमबाट फोन गर्दा सिधै कल इण्ड देखाउने र कुनै प्रतिक्रिया नआउने समस्या रहेको छ भने यसको मोबाइल डेटा पनि चलेको छैन।

उपभोक्ताहरूको गुनासो पछि टेक कागजका सम्वाददाताले NCELL को नेटवर्कबाट टेलिकमका पदाधिकारीहरूलाई सम्पर्क गर्दा समेत कुनै पदाधिकारी सँग सम्पर्क हुन सकेको छैन भने कुनैले फोन नै रिसिभ गरेका छैनन्।

सम्पर्कको माध्यमको रुपमा टेलिकमको वेबसाइट प्रयोग गर्न खोज्दा वेबसाइट समेत नचलेको र मर्मत कार्य भईरहेको देखाइएको छ। केहि दिन अगाडी सोहि किसिमको सेवा अवरुद्दको समस्या इन्टरनेट सेवा प्रदायक CG Net/Telecom मा पनि देखिएको थियो।

देशकै नम्बर १ को वरियतामा रहेको सरकारी मातहतको टेलिकम सेवा समेत यति लामो समयसम्मा सेवा बाहिर रहनुले टेलिकमका कर्मचारीहरुको लापरवाहीले पराकास्टा नाघेको प्रस्टै देखिन्छ। यी र यस्ता घटनाहरुमा सरकारको मौनताले समेत मार माथि मार थपिएको उपभोक्ताहरुको गुनासो छ।


प्रकाशित मिति: ३ माघ २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?