Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

नेपाल टेलिकमको नेटवर्कमा देशैभर समस्या


नेपाल टेलिकमको नेटवर्कमा देशैभर समस्या देखिएको छ । टेलिकमको प्रि-पेड र पोस्टपेड दुवै मोबाइलमा मङ्गलवार बिहानैदेखि समस्या आएको उपभोक्ताहरूले बताएका छन् । मोबाइलमा सम्पर्क नहुने समस्या आएपछि देशभरका लाखौँ सेवाग्राही समस्यामा परेका छन् ।

नेपाल टेलिकमका सिम बाट कुनै पनि नेटवर्कमा फोन नजाने समस्या आएपछि उपभोक्ताहरू आक्रोशित बनेका छन् भने टेलिकममा आएको समस्याको पनि पहिचान भैसकेको छैन।

टेलिकमबाट फोन गर्दा सिधै कल इण्ड देखाउने र कुनै प्रतिक्रिया नआउने समस्या रहेको छ भने यसको मोबाइल डेटा पनि चलेको छैन।

उपभोक्ताहरूको गुनासो पछि टेक कागजका सम्वाददाताले NCELL को नेटवर्कबाट टेलिकमका पदाधिकारीहरूलाई सम्पर्क गर्दा समेत कुनै पदाधिकारी सँग सम्पर्क हुन सकेको छैन भने कुनैले फोन नै रिसिभ गरेका छैनन्।

सम्पर्कको माध्यमको रुपमा टेलिकमको वेबसाइट प्रयोग गर्न खोज्दा वेबसाइट समेत नचलेको र मर्मत कार्य भईरहेको देखाइएको छ। केहि दिन अगाडी सोहि किसिमको सेवा अवरुद्दको समस्या इन्टरनेट सेवा प्रदायक CG Net/Telecom मा पनि देखिएको थियो।

देशकै नम्बर १ को वरियतामा रहेको सरकारी मातहतको टेलिकम सेवा समेत यति लामो समयसम्मा सेवा बाहिर रहनुले टेलिकमका कर्मचारीहरुको लापरवाहीले पराकास्टा नाघेको प्रस्टै देखिन्छ। यी र यस्ता घटनाहरुमा सरकारको मौनताले समेत मार माथि मार थपिएको उपभोक्ताहरुको गुनासो छ।


प्रकाशित मिति: ३ माघ २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?