Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

विमान दुर्घटना : ब्रोडसिट दैनिकमा समाचार कभरेज


आइतबार विहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुअघि भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ठूलो मानवीय क्षति भएको छ । यो दुर्घटना मुलुकको सबैभन्दा ठूलो आन्तरिक हवाई दुर्घटनासमेत मानिएको छ । काठमाडौँबाट पोखराका लागि प्रस्थान गरेको उक्त विमानमा चालक दलका चार सदस्यसहित ७२ जना सवार थिए । पोखरा विमानस्थल नजिकै सेती नदी खोँचमा भएको दुर्घटनामा सबै जनाको मृत्यु भएको भनिए पनि अझै तीन जनाको शव फेला परेको छैन । दुर्घटनाबारे अधिकांश मूलधारका सञ्चारमाध्यमले आज महत्वका साथ विभिन्न कोणबाट समाचार ‘कभरेज’ गरेका छन् । सबैजसो दैनिक पत्रिकाले ब्यानर समाचार र प्रथम पृष्ठलाई दुर्घटनाका समाचारमय बनाएका छन् ।

राज्यद्वारा सञ्चालित गोरखापत्र दैनिक पत्रिकाले आन्तरिक उडानमा ठूलो दुर्घटना शीर्षकको तस्विरसहित ब्यानर समाचार प्रकाशित गरेको छ । गोरखापत्रले प्रथम पृष्ठमै प्राविधिक परीक्षण गर्न सरकारी निर्देशन, दुर्घटनाग्रस्त विमानका तीन रुप, मृतक नामावली, दुर्घटनामा मृत्यकका परिवारले पाउने बीमा रकम, हालसम्मका दुर्घटना, राष्ट्रपति र विभिन्न दलका नेताद्वारा दुःख व्यक्तसम्बन्धी समाचार प्रकाशित गरेको छ । यस्तै नयाँ पत्रिका दैनिकले आन्तरिक उडानमा अहिलेसम्मकै ठूलो मानवीय क्षति भनेर तस्विरसहित ब्यानर समाचार प्रकाशित गरेको छ । सो पत्रिकाले प्रथम पृष्ठमै सार्वजनिक बिदाको विपक्षमा सम्पादकीय टिप्पणी, हवाई दुर्घटनाको इतिहास, दिनदिनैको काम एक दिन भवितव्य, कार्यान्वयन हुदैनन दुर्घटनासम्बन्धी छानविन प्रतिवेदन, विदेशी मिडियामा दुर्घटनाका खबर प्राथमिकतालगायतका समाचार प्रकाशित छन् । कान्तिपुर दैनिक यतीको जहाज खस्दा असाधारण क्षति शीर्षकको ब्यानर समाचार स्केच तस्विरसहित प्रकाशन गरेको छ । उद्धार गर्दै गरेका तस्विर, धन्न, बस्ती जोगियो, विमान दुर्घटनालगायत अन्य भित्री पृष्ठमा पनि विभिन्न समाचार पनि सो पत्रिकाले प्रकाशन गरेको छ । नागरिक दैनिकले आन्तरिक उडानतर्फ अहिलेसम्मकै ठूलो दुर्घटना शीर्षकमा ब्यानर समाचार प्रकाशन गरेको छ । यस्तै प्रथम पृष्ठमै दुर्घटनाका प्रत्यक्षदर्शीका भनाइ, अवतरण गर्नै लाग्दा सेती खोँचमा खस्यो जहाज शीर्षकको स्केचसहितको समाचार, ७४ वर्षमा एक सय चार दुर्घटना, नौ सयभन्दा बढीको मृत्य, जो जहाजमा सवार थिएलगायत विविध समाचार प्रकाशित छन् । नागरिक पत्रिकाले दुर्घटनाकै विषयमा सम्पादकीयसमेत प्रकाशित गरेको छ । दि हिमालय टाइम्स अङ्ग्रेजी दैनिकले ७२ जना यात्रु सवार यती एयरलाइन्सको विमान दुर्घटनाको प्रमुख समाचार प्रकाशन गरेको छ ।

सो पत्रिकाले सरकारले दुर्घटना छानविनका लागि समिति गठन गरेको दुर्घटनासँग सम्बन्धित अन्य समाचार पनि प्रथम पृष्ठमा प्रकाशन गरेको छ । यसैगरी अन्नपूर्ण पोष्टले पनि आन्तरिक उडानका ठूलो दुर्घटनासम्बन्धी ‘कभर स्टोरी’ प्रकाशन गरेको छ । पत्रिकाले दुर्घटनासम्बन्धी अन्य विभिन्न समाचार तस्विरका साथै पाइलट र कोपाइलटका बारेमा समाचार प्रकाशन गरेको छ । राजधानी दैनिकले विमानमा सवार ७२ कै मृत्युलगायत प्रमुख र अन्य विभिन्न समाचार तथा तस्विर प्रकाशन गरेको छ भने नेपाल समाचार पत्र दैनिकले पुरानो विमानस्थल नजिकै यतीको विमान दुर्घटनासम्बन्धी प्रमुख समाचार र विभिन्न तस्विर प्रकाशित गरेको छ ।


प्रकाशित मिति: २ माघ २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?