Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

गण्डकीको उपसभामुखमा थापा निर्वाचित


गण्डकी प्रदेशसभाको उपसभामुखमा नेकपा (एमाले) की बीनाकुमारी थापा निर्वाचित हुनुभएको छ । सोमबार भएको निर्वाचनमा थापाको पक्षमा ३२ मत खसेको प्रदेशसभा सदस्य गोविन्दबहादुर नेपालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार उपसभामुख पदका अर्का उम्मेदवार नेपाली कांग्रेसकी पार्वती तामाङले २६ मत ल्याउनुभएको थियो । प्रदेशसभाका कुल ६० सदस्यमध्ये सभामुख कृष्णप्रसाद धिताल तटस्थ बस्नुभएको थियो । कांग्रेसका एक जना प्रदेशसभा सदस्य मतदानमा अनुपस्थित रहनुभयो । उपसभामुख थापालाई एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा सदस्यले मत दिएका थिए ।

थापाको प्रस्तावकमा एमालेका प्रदेशसभा सदस्य गोविन्दबहादुर नेपाली र समर्थकमा माओवादी केन्द्रका सुशीला सिम्खडा रहनुभएको थियो । थापा समानुपातिक तर्फ बागलुङबाट निर्वाचित हुनुभएको थियो ।


प्रकाशित मिति: २ माघ २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?