Trending
>>   १० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो >>   एमालेभित्र तल्लो तहबाटै स्वतःस्फूर्त समीक्षा शुरु >>   नेपालमा लगानीको अपार सम्भावना छ, ढुक्क भएर लगानी गर्नुस्ः अध्यक्ष ढकाल >>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

राष्ट्रिय अर्थतन्त्रको आकार रु ५३ खर्ब ८१ अर्ब ३४ करोड


१९ वैशाख ,काठमाडौँ । चालु आर्थिक वर्ष २०७९/०८० मा कूल गार्हस्थ्य उत्पादन वृद्धिदर उपभोक्ता मूल्यमा एक दशमलव ८६ प्रतिशतले वृद्धि भई अर्थतन्त्रको आकार रु ५३ खर्ब ८१ अर्ब ३४ करोड हुने प्रक्षेपण गरिएको छ ।

चालु २०७९/८० को राष्ट्रिय लेखा तथ्याङ्कसम्बन्धी जानकारी दिने उद्देश्यले राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो प्रक्षेपण सार्वजनिक गरिएको हो ।

नेपालीको प्रतिव्यक्ति आयगत आर्थिक वर्षको जस्तै चालु आवमा पनि रु एक लाख ८२ हजार छ सय ८३ अर्थात् एक हजार तीन सय ९९ अमेरिकी डलर र विप्रेषण रु १२ खर्ब ३१ अर्ब ७३ करोड हुने तथ्याङ्क कार्यालयले जनाएको छ ।

चालु मूल्यमा कूल स्थिर पूँजी निर्माण रु १३ खर्ब ५६ अर्ब ४६ करोड, अन्तिम उपभोग खर्च रु ५० खर्ब ३६ अर्ब १५ करोड र वस्तु तथा सेवा निर्यात रु तीन खर्ब ८५ अर्ब ११ करोड हुने अनुमान गरिएको छ ।

सो अवसरमा प्रमुख तथ्याङ्क अधिकारी रामप्रसाद थपलियाले अर्थतन्त्रका विविध पक्षको यथार्थ मापन गरी आर्थिक नीति निर्माण गर्न तथा आर्थिक विकासका गतिविधिहरूको अनुगमन मूल्याङ्कन गर्न सहयोग पुर्याउने उद्देश्यले कूल गार्हस्थ्य उत्पादन, उपभोग, बचत, लगानी जस्ता महत्त्वपूर्ण राष्ट्रिय लेखासम्बन्धी समष्टिगत आर्थिक सूचक तयार गरी यसअघि जस्तै तथ्याङ्क सार्वजनिक गरेको बताए ।

उपप्रमुख तथ्याङ्क अधिकारी डा हेमराज रेग्मीले यसअघि जस्तै चालु आवमा पनि कूल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी हिस्सा कृषि क्षेत्रको रहेको बताउँदै चालु आवमा कृषि क्षेत्रको हिस्सा २४ दशमलव १२ प्रतिशत र गैरकृषि क्षेत्रको ७५ दशमलव ८८ प्रतिशत रहेको जानकारी दिए ।

कुल गार्हस्थ्य उत्पादनमा औद्योगिक क्षेत्रको पाँच दशमलव ३२ प्रतिशत, निर्माण क्षेत्रको पाँच दशमलव ५२ प्रतिशत, थोक तथा खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल मर्मत क्षेत्रको १५ दशमलव ३९ प्रतिशत, यातायात तथा भण्डारण क्षेत्रको छ दशमलव ७९ प्रतिशत, आवास तथा भोजन सेवाको एक दशमलव ९८ प्रतिशत, सूचना तथा सञ्चार क्षेत्रको एक दशमलव ९७ प्रतिशत, वित्तीय तथा बीमा क्षेत्रको सात दशमलव ३७ प्रतिशत र घर जग्गा कारोबारको आठ दशमलव ३७ प्रतिशत रहेको सो अवसरमा वितरित प्रेस विज्ञप्तिमा उल्लेख छ ।


प्रकाशित मिति: १९ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?