Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

भारतमा उपचार गराएको खर्च राष्ट्रपति आफैँले बेहोर्ने


१९ वैशाख, काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो उपचारमा भएको खर्च स्वयम्ले बेहोर्न चाहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जारी गरेको प्रेस विज्ञप्तिमा भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार गर्दा लागेको खर्च राष्ट्रपति स्वयमले बेहोर्न चाहेको उल्लेख छ ।

“राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या देखिएकोमा सुरुमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भएको थियो । उपचारका क्रममा स्वास्थ्य सुधार हुन नसकेपछि चिकित्सकको सुझावअनुसार उहाँको भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार भएको थियो । उपचारका क्रममा भएको उपचार खर्च राष्ट्रपति स्वयम्ले बेहोर्न चाहनुभएको जानकारीका लागि अवगत गराइन्छ”, विज्ञप्तिमा भनिएको छ ।

राष्ट्रपति पौडेल यही वैशाख ६ गते उपचारका लागि भारत प्रस्थान गर्नुभएको थियो । उहाँ उपचारपछि वैशाख १७ मा स्वदेश फर्किएका हुन् ।


प्रकाशित मिति: १९ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?