Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

भारतमा उपचार गराएको खर्च राष्ट्रपति आफैँले बेहोर्ने


१९ वैशाख, काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो उपचारमा भएको खर्च स्वयम्ले बेहोर्न चाहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जारी गरेको प्रेस विज्ञप्तिमा भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार गर्दा लागेको खर्च राष्ट्रपति स्वयमले बेहोर्न चाहेको उल्लेख छ ।

“राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या देखिएकोमा सुरुमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भएको थियो । उपचारका क्रममा स्वास्थ्य सुधार हुन नसकेपछि चिकित्सकको सुझावअनुसार उहाँको भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार भएको थियो । उपचारका क्रममा भएको उपचार खर्च राष्ट्रपति स्वयम्ले बेहोर्न चाहनुभएको जानकारीका लागि अवगत गराइन्छ”, विज्ञप्तिमा भनिएको छ ।

राष्ट्रपति पौडेल यही वैशाख ६ गते उपचारका लागि भारत प्रस्थान गर्नुभएको थियो । उहाँ उपचारपछि वैशाख १७ मा स्वदेश फर्किएका हुन् ।


प्रकाशित मिति: १९ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?