Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

 पृथ्वी राजमार्ग खुलाउन अझै केही घन्टा लाग्ने


१९ वैशाख, धादिङ। पृथ्वी राजमार्गको धार्केमा पुलको छेउमा जमिन भासिएर अवरुद्ध बनेको सडक खुलाउन अझै केही घन्टा लाग्ने भएको छ ।भासिएको ठाउँमा ग्यावियन जाली भर्ने काम भइरहेको छ । यसका लागि नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले काम जारी राखेका छन् । सोमबार दिउँसोदेखि अवरुद्ध बाटो तत्काल खुलाउन सकिने अवस्था छैन । काम भइरहेकाले कम्तीमा चार–पाँच घन्टा लाग्ने जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।

यातायात ठप्प हुँदा धार्के र धार्के आसपासमा सवारीसाधनको लामो जाम लागेको छ । यात्रु अलपत्रमा परेका छन् । पूर्वपश्चिमबाट आउने केही यात्रु स्थानीय गाडी प्रयोग गरेर वैकल्पिक बाटोबाट गन्तव्यतर्फ हिँडेका छन् भने अधिकांश यात्रु त्यही रोकिएका छन् । धार्के क्षेत्रमा जाम लागेपछि प्रहरीले गाडीलाई बीच बाटोमै रोकेका छन् ।

धादिङको धार्केबजार नजिकैको गणेशखोला पुलको मुखमा जमिन भासिएको हो । पृथ्वीराजमार्ग हुँदै पूर्वपश्चिमका जिल्लाबाट राजधानी काठमाडौँ भित्रने र बाहिरने यो नै एकमात्र राजमार्ग हो । सोमबार दिउँसो केही समय परेको पानीले पुलको मुनि लगाइएको पर्खाल भासिएको छ ।

यस्तो छ वैकल्पिक स्थानीय बाटो

काठमाडौँतर्फ जानेले पाँच किला भन्ने ठाउँबाट फोगटपुर–बाइरोड सडक हुँदै काठमाडौँ पुग्न सक्छन् । जुङ्गेखोला भन्ने ठाउँबाट बाइरोड निस्कन पनि सकिन्छ । सातकिला–बाइरोड, आठकिला–चिउरीपार्टी हुँदै धार्के र काठमाडौँबाट गल्छीतर्फ जानेले धार्केबाट केवलपुरको बाटो प्रयोग गर्न सकिने छ ।

त्यस्तै धादिङ, नुवाकोट र रसुवा जिल्लाबाट काठमाडौँ भित्रने र बाहिरिनेहरूले नुवाकोटको त्रिशूलीबाट छहरे ढिकुरेको बाटो प्रयोग गर्न सकिन्छ । पूर्व–पश्चिमबाट काठमाडाैँ आउजाउ गर्ने सवारीले हेटौँडा हुँदै दामन पालुङबाट नौबिसे निस्कने बाटो प्रयोग गर्न सकिन्छ । त्यस्तै हेटौँटाबाट भैँसे, भीमफेदी, कुलेखानी हुँदै फर्पिङ निस्किएर काठमाडाैँ पुग्न सकिन्छ ।


प्रकाशित मिति: १९ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?