Trending
>>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा >>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

मोटरसाइकलको ठक्करबाट मृत्यु, अरनिको राजमार्ग ठप्प


१९ वैशाख ,बनेपा । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं १३ स्थित भैँसेपाटीमा गएराति काठमाडौँतर्फ जाँदै गरेको बा६३प २७२ नंको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ६० वर्षीय बालकृष्ण बुढाथोकीको निधन भएको छ ।

बुढाथोकीको उपचारका क्रममा धुलिखेल अस्पतालमा निधन भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए ।

अरनिको राजमार्गअन्तर्गत भैँसेपाटी क्षेत्रमा स्थानीय बासिन्दाले प्रदर्शन गर्दा सो क्षेत्रमा आवत जावत ठप्प रहेको छ ।

सो क्षेत्र भइ आवात जावत गर्ने सवारीसाधन बनेपा–नाला–भक्तपुरको बाटोबाट वैकल्पिक मार्गबाट सञ्चालन भइरहेको जनाइएको छ ।


प्रकाशित मिति: १९ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?