Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

यमनमा बाँध भत्किँदा चार जनाको मृत्यु


१८ वैशाख, एजेन्सी । यमनमा बाँध भत्किँदा कम्तीमा चार जनाको मृत्यु भएको छ ।

यमनको राजधानी सानाबाट करिब १११ किलोमिटर पश्चिममा रहेको अल महविट प्रान्तमा आइतबार पानीको बाँध भत्किँदा चार जनाको मृत्यु भएको हो ।

स्थानीय अधिकारीहरूले अल महविट प्रान्तको हफाश जिल्लामा रहेको अल–अकाबी बाँध भत्किएको पुष्टि गरेका छन् । बाँध भत्किएर आएको बाढीले एउटा मस्जिद बगाउँदा त्यहाँ रहेका चार जनाको मृत्यु भएको छ ।

बाढीले आसपासका घरमा समेत क्षति पुर्याएको छ ।

यो प्रान्त सन् २०१४ देखि हुथी समूहको नियन्त्रणमा छ । हुथी विद्रोहीले प्रान्तमा नियुक्त गरेका अधिकारी अदेल इसाले भारी वर्षा र मुसलधारे बहावका कारण बाँध भत्किएको बताए ।

सानाका अधिकारीहरूले घटनास्थलमा दुईवटा उद्धार र एम्बुलेन्स गाडीहरू पठाएको उनले बताए ।

यसैबीच, यमनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले अल महविटलगायत विभिन्न प्रान्तका नागरिकलाई भारी वर्षाको चेतावनी जारी गर्दै वर्षाको समयमा र पछि मुसलधारे बाटो, बेंसी र चट्टानहरूमा यात्रा नगर्न सल्लाह दिएको छ ।


प्रकाशित मिति: १८ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?