Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

१५ दिनदेखि आमाछोरा बेपत्ता


१८ वैशाख, तनहुँ । तनहुँको व्यास नगरपालिका–१० बिपी भञ्ज्याङ्ग निवासी २० वर्षीया राममाया विक र उनका ४ वर्षको छोरा लप्सन विक १५ दिनदेखि बेपत्ता भएका छन् । बेपत्ता भएको लामो समयसम्म सम्पर्कमा नआएपछि परिवारजनले खोजीका लागि हारगुहार गरेका छन् ।

राममायाका श्रीमान् लोकबहादुर विकले वैशाख ३ गते बिहान देखि घर नआएको माइती घर तथा आफन्तकोमा खोजी गर्दा पनि फेला नपरेको बताए । आमा र छोरा खोजीका लागि प्रहरी कार्यालयमा जाहेरी दिए पनि कुनै खबर नआएको विकले बताए । भारतको रोजगारीमा रहेका विक श्रीमती हराएको खबर आएपछि नेपाल फर्किएका छन् ।

विकले बेपत्ता परिवारको खोजी गरिदिन अपिल गरेका छन् । आफ्ना लगायत सबैतिर खोजी गर्दा पनि श्रीमती र छोराको पत्तो नलागेपछि उनले प्रहरी, नागरिक समाज र पत्रकारलाई परिवारको खोजी गरिदिन अपिल गरेका हुन् ।


प्रकाशित मिति: १८ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?