Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

१५ दिनदेखि आमाछोरा बेपत्ता


१८ वैशाख, तनहुँ । तनहुँको व्यास नगरपालिका–१० बिपी भञ्ज्याङ्ग निवासी २० वर्षीया राममाया विक र उनका ४ वर्षको छोरा लप्सन विक १५ दिनदेखि बेपत्ता भएका छन् । बेपत्ता भएको लामो समयसम्म सम्पर्कमा नआएपछि परिवारजनले खोजीका लागि हारगुहार गरेका छन् ।

राममायाका श्रीमान् लोकबहादुर विकले वैशाख ३ गते बिहान देखि घर नआएको माइती घर तथा आफन्तकोमा खोजी गर्दा पनि फेला नपरेको बताए । आमा र छोरा खोजीका लागि प्रहरी कार्यालयमा जाहेरी दिए पनि कुनै खबर नआएको विकले बताए । भारतको रोजगारीमा रहेका विक श्रीमती हराएको खबर आएपछि नेपाल फर्किएका छन् ।

विकले बेपत्ता परिवारको खोजी गरिदिन अपिल गरेका छन् । आफ्ना लगायत सबैतिर खोजी गर्दा पनि श्रीमती र छोराको पत्तो नलागेपछि उनले प्रहरी, नागरिक समाज र पत्रकारलाई परिवारको खोजी गरिदिन अपिल गरेका हुन् ।


प्रकाशित मिति: १८ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?