Trending
>>   शिक्षा विधेयक सच्याउन माग गर्दै शिक्षक महासंघद्वारा रास्वपा पार्टी कार्यालयमा धर्ना (तस्बिरसहित) >>   बालसंरक्षणमै समर्पित छु, राजनीतिक षड्यन्त्रका आरोप निराधार : इन्दिरा राना >>   अफगानिस्तानमा गएको ६.० म्याग्निच्युडको भूकम्पले ८ सय बढीको मृत्यु >>   स्वास्थ्य बीमा कार्यक्रमलाई सामाजिक सुरक्षा कोष मातहत नल्याएकोमा अखिल नेपाल ट्रेड युनियन महासंघको आपत्ति >>   मुलुकको समृद्धिका लागि भौतिक विकास मात्रै पर्याप्त हुँदैनः राष्ट्रपति >>   लिम्पियाधुरामा व्यापारिक मार्ग खोल्ने सम्झौताको कुटनीतिक नोटमार्फत विरोध जनाइसकेका छौँः प्रवक्ता गुरुङ >>   विद्यालय बन्द गराउँदैनौ तर विद्यालय शिक्षा विधेयक सच्चाउनु पर्छः नेशनल प्याब्सन >>   सीमा सुरक्षाका बारेमा सरकार गम्भीर छः गृहमन्त्री लेखक >>   राष्ट्रपतिलाई राजनीतिक दलमा आवद्ध हुन संविधानले रोक्दैनः उपाध्यक्ष पाण्डे >>   भिजिट भिसामार्फत करिव ४० हजार नेपाली महिला कुवेतमा बेचिए, सरकारको जवाफ चाहियोः सांसद विष्ट
Logo
१६ भाद्र २०८२, मंगलवार
१६ भाद्र २०८२, मंगलवार

देशको अर्थतन्त्र सुदृढ छ : परराष्ट्रमन्त्री साउद


१७ वैशाख, कञ्चनपुर। परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले देशको अर्थतन्त्र सुदृढ रहेको बताएका छन् ।

आज शुक्लाफाँटा नगरपालिका–५ वनसमितिमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले विदेशी मुद्राको सञ्चिति १०÷१२ महिनाका लागि पुग्ने भएकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताए । उनले देश श्रीलङ्का जस्तै हुन्छ भनेर हल्ला फिँजाइएको चर्चा गर्दै वास्तविकता त्यस्तो नरहेको बताए । भूमिसम्बन्धी आयोगले निर्धारण गरेको जग्गाको राजस्व पुनरावलोकन गरिने उनले बताए । जग्गाको राजस्वको दर निकै उच्च रहेकाले घटाउनका लागि काम अगाडि बढाइने उनको भनाइ थियो ।

उनले आरक्ष विस्थापितको समस्या वर्षौंदेखि थाति रहेकाले सामाधानका लागि प्रतिबद्ध रहेको बताए । उनले आरक्ष विस्थापित परिवारलाई पुनःस्थापन गराउन पहल गरिने बताए । चौधर नदी नियन्त्रणका लागि चालू आवदेखि काम अगाडि बढ्ने उल्लेख गर्दै उहाँले जिल्लाका सनबोरा, स्याली र दोदा नदी नियन्त्रणका लागि योजनाबद्धरुपमा काम अगाडि बढाइने बताए ।

उनले पार्टी सङ्गठन मजबुत रहेको उल्लेख गर्दै युवा पङ्क्तिलाई भरोसा दिनुपर्ने बताए । भ्रातृ सङ्गठनलाई तन्दुरुस्त राख्ने चुनौती रहेको धारणा अघि सार्दै मन्त्री साउदले पार्टीको नीति तथा कार्यक्रमलाई प्रभावकारीरुपमा जनताका बीचमा लैजानुपर्ने आवश्यकता रहेको बताए । एजेण्डा र मुद्वा लिएर जनताका बीचमा जान उनले कार्यकर्तालाई निर्देशन दिए ।


प्रकाशित मिति: १७ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?