Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

सदर चिडियाखानाको बढ्यो आम्दानी


१७ वैशाख, ललितपुर । जावलाखेलस्थित राष्ट्रिय प्रकृति संरक्षण कोष सदर चिडियाखाना जावलाखेलको आम्दानी बढेको छ । कोरोना महामारीका कारण लगातार घटेको आम्दानी चालु आर्थिक वर्षमा भने बढेको हो ।

चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाका अनुसार चालु आर्थिक वर्षको चैतसम्म यहाँ घुम्न आउने आन्तरिक र बाह्य पर्यटकसँगै आम्दानी पनि बढेको जानकारी दिए ।

उनको अनुसार सो अवधिमा सात लाख ६६ हजार ८५ जनाले अवलोकन गरेको र रु १२ करोड ८५ लाख ६५ हजार पाँच सय १० आम्दानी भएको छ । गत आवको सोही अवधिमा पाँच लाख २१ हजार आठ सय ४३ जना पर्यटकमार्फत रु आठ करोड ६३ लाख नौ हजार सात सय ७० आम्दानी भएको थियो । चिडियाखानामा प्रत्येक दिन औषतमा पाँच हजारदेखि छ हजार आन्तरिक तथा विदेशी पर्यटक आउने गरेको उनको भनाइ छ ।


प्रकाशित मिति: १७ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?