Trending
>>   मनमती खोलामाथि बनेका संरचनामाथि महानगरको डोजर (तस्बिरसहित) >>   मन्त्रिपरिषद् बैठकबाट राष्ट्रिय एआई नीति, २०८२ स्वीकृत ,अरु के के भए निर्णय >>   सामाजिक सञ्जाल र इन्टेलिजेन्स विधेयकप्रति काँग्रेसको स्पष्ट विमति छः विश्वप्रकाश शर्मा >>   एमसीसी अन्तर्गतका दुई वटा प्रशारण लाइन निर्माणका लागि ठेक्का सम्झौता >>   काँग्रेस सदैव नवप्रवर्द्धन र प्रविधिमार्फत सामाजिक रुपान्तरणको पक्षमा छः सभापति देउवा >>   पाइलटका पिता भन्छन् : ममाथि ह्यारेसमेण्ट भयो, उसको आत्मा नरोओस् >>   जर्मनीमा बेपत्ता भईन २२ बर्षे रोशनी ! >>   सौर्य एयरलाइन्स दुर्घटना प्रतिवेदनबारे मृतकका आफन्त:पीडितका कुरा सुनिदिए पनि न्याय पाएको अनुभुति हुन्छ >>   अत्याधिक गर्मीले फ्रान्सको जनजीवन प्रभावित >>   मधेसका मुख्यमन्त्री सिंहसँग भारतीय प्रतिनिधिमण्डलको भेट
Logo
२९ श्रावण २०८२, बिहीबार
२९ श्रावण २०८२, बिहीबार

ज्येष्ठ नागरिकलाई खुसी दिने अभियान


ज्येष्ठ नागरिकलाई खुसी दिन तुलसीपुर उपमहानगरपालिकाले अभियान चलाएको छ । धेरै ज्येष्ठ नागरिक आर्थिक अभावकै कारण न्यानो कपडा किन्न सक्ने अवस्थामा नभएको जनाउँदै न्यानो कपडा वितरण गरेको छ । उपमहानगरपालिकाले दुई सय ८५ ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । तुलसीपुर उपमहानगरपालिकाकाले दुई सय ८५ ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको हो ।

उपमहानगरपालिकाका १९ वडाका ज्येष्ठ नागरिकलाई बलाङ्केट सहयोग गरिएको उपप्रमुख स्यानी चौधरीले बताउनुभयो । “हामीले १९ वडाका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेका छौँ”, उहाँले भन्नुभयो, “वडाको सिफारिसका आधारमा उहाँहरुलाई ती कपडा वितरण भयो ।” अतिविपन्न, गरिब, न्यानो कपडा किन्न नसक्नेलाई लक्षित गरी प्रत्येक वडाबाट १५ जनालाई वितरण गरिएको उपप्रमुख चौधरीको भनाइ छ । अहिले बजेट न्यून भएकाले प्रत्येक वडाबाट १५ जनालाई मात्रै वितरण गरिएको भए पनि अर्को पटक यसलाई बढाउने लक्ष्य रहेको समेत उहाँले बताउनुभयो । सबै वडा–वडामा पुगेर न्यानो कपडा वितरण गरिएको हो । साथै आगामी वर्षदेखि ज्येष्ठ नागरिकको घर–घरमै गएर स्वास्थ्य जाँच गर्ने व्यवस्थासमेत मिलाउने बताउनुभयो ।

विपन्न ज्येष्ठ नागरिकको अवस्था दयनीय भएको जनाउँदै सहयोग गर्नु सकारात्मक कार्य रहेको ज्येष्ठ नागरिक मञ्च लुम्बिनी प्रदेशका संयोजक खुमानन्द अधिकारीले बताउनुभयो । “धेरै ज्येष्ठ नागरिकले आर्थिक अवस्था कमजोर हुँदा चिसो खप्नुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो, “यसलाई मध्यनजर गरि जुन कार्यक्रम भएको छ, यो एकदमै सकारात्मक छ ।”


प्रकाशित मिति: २ माघ २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?