Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

सारङ्गी वादन प्रतियोगितामा कास्कीका गोविन्द गायक प्रथम


१६ वैशाख ,अन्नपूर्ण (कास्की) । पोखरामा आयोजित सारङ्गी वादन प्रतियोगितामा कास्कीका गोविन्द गायक प्रथम भएका छन् ।

लोकगायक स्व झलकमान गन्धर्वको ८८औँ जन्मजयन्तीका अवसरमा आयोजना गरिएको प्रतियोगितामा ३५ प्रतिस्पर्धीलाई पछि पार्दै गोविन्द प्रथम भएका हुन् ।

नेपाल गन्धर्व समुदाय विकास केन्द्र र झलकमान गन्धर्व सारङ्गी पाठशाला संयुक्त आयोजनामा पोखरा सभागृह हलमा भएको फाइनलमा उनले दुई सय ८९ दशमलव पाँच नम्बर पाएका थिए ।

प्रथम भएका गोविन्दले उपाधिसहित रु ३५ हजार र प्रमाणपत्र प्राप्त गरे । द्वितीय भएका बागलुङका राजेश गन्धर्वले दुई सय ८७ दशमलव पाँच र तृतीय भएका कास्कीकै विमल गायकले दुई सय ८२ अङ्क प्राप्त गरे ।

राजेशले रु २५ हजार र विमलले रु १५ हजार पुरस्कार पाए । दुई सय ८१ अङ्क ल्याउँदै गोरखका सुमन गन्धारी चौथो भए ।

उनले रु सात हजार पाँच सय पुरस्कार हात पारे । प्रतियोगितामा प्रोत्साहन पुरस्कारस्वरुप तनुहँकी अरुणा गन्धर्वले रु दुई हजार पाँच सय पाए ।

विजेतालाई संस्कृतविद् डा जगमान गुरुङ, नेपाल गन्धर्व समुदाय विकास केन्द्रका अध्यक्ष सूर्यबहादुर गायकले पुरस्कार वितरण गरेका थिए ।


प्रकाशित मिति: १६ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?