Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

सुडानबाट ४८ जना जापानी नागरिक स्वदेश फर्काइए


१६ वैशाख, एजेन्सी । द्वन्द्वग्रस्त सुडानबाट शनिबार बिहान ४८ जना यात्रुहरू टोकियो पुगेका छन्।

जापानी नागरिकहरू चार्टर्ड उडानबाट शुक्रबार स्वदेश फर्काइएको परराष्ट्र मन्त्रालयले जनाएको छ। शुक्रबारसम्म ६५ जना जापानी नागरिक र अन्य देशका नागरिकले पनि सुडान छाडेका छन् । ती मध्ये केही आफ्नै पहलमा जापान फर्किएको पनि मन्त्रालयले जनाएको छ ।

अप्रिलको मध्यमा सुडानी सेना र अर्धसैनिक र्याआपिड सपोर्ट फोर्सबीच भीषण झडप भएपछि असुरक्षाको अनुभूति गर्दै थुप्रै देशहरूले सुडानबाट आफ्ना नागरिकहरू फिर्ता बोलाएका छन् ।


प्रकाशित मिति: १६ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?