Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

बुबाको मृत्यु, आमा जेलमा, छोराको बिचल्ली


१६ वैशाख, म्याग्दी । आमाबुबाको काखमा लुटपुटिएर बालापनको आनन्द लिनुपर्ने उमेरका ६ वर्षीय निमेश खड्काकी आमा कर्तव्य ज्यान मुद्दामा जेलमा र उनका बुबाको जेलमै मृत्यु भएपछि बिचल्लीमा परेका छन् ।

म्याग्दीको बेनी नगरपालिका–९, घतानका ६ वर्षीय अबोध बालक खड्का आमा र बुबाको कर्मको फल भौग्दै बिचल्लीमा परेका हुन् । अबोध बालकको दयनीय अवस्था देख्न नसकेर बेनीका होटल व्यवसायी कृष्णप्रसाद बरुवालले खड्कालाई अस्थायी आश्रयमा लिएका छन् ।

जिल्ला अदालत म्याग्दीले निमेशका बुबा उत्तम र आमा मनीषा सुवेदी खड्कालाई आफन्तको मनशायपूर्वक हत्याको कसुरमा दोषी ठहर गरेपछि निमेशकी आमा मनीषा जेल जीवन बिताइरहेकी छन् भने बुबा उत्तमको जेलमै मृत्यु भएको छ ।

आमाबाबुले गरेको गल्तीको सजाय निमेशले पनि केहीसमय जेलभित्रै बसेर बिताएका थिए । बेनीस्थित शिखर होटलका सञ्चालक बरुवालले अस्थायी संरक्षण गरेका निमेशले बेलाबेलामा आमासँग बोल्न खोजेपछि कारागार प्रशासनलाई जानकारी गराउने गरेका छन् ।

खाने, खेल्ने र रमाउने उमेरमा निमेश बेसाहराजस्तै भएका छन् । निमेशलाई वरुवालले बेनीकै समता विद्यालयमा पढ्न पठाउँछन् । ‘पढाइ राम्रो छ, पढ्न मात्रै खोज्छ, आमा जेलमा परेपछि रेखदेख गर्ने मान्छे घरमा नहुँदा होटलमै राखेको छु’, बरुवालले भने ।

जेलभित्रै रहेकी निमेशकी आमा मनीषाले आफ्नो छोरालाई शिक्षादीक्षाका लागि सहयोग गरिदिन देशविदेशमा रहेका मनकारी व्यक्ति र संघसंस्थासँग अपिल गरेकी छन् ।

आफू जेल परेको र बुबाको मृत्यु भएकाले बिचल्लीमा परेको छोराको पालनपोषण कुनै संस्था वा दाताले सहयोग गरिदिए ठूलो गुन मान्ने उनले जानकारी दिए । ‘छोरालाई बाँच्न र पढ्न सघाउनुहोला, जेलबाट छुटेपछि जीवन भर तपाईंको सेवा गर्नेछु,’ मनीषाले भनिन् ।

विदेशमा छु भन्दै छोरालाई फोन
कर्तव्य वा भवितव्य जुनसुकै प्रकारको अपराधमा लागेका भए पनि आफ्ना सन्तानका लागि आमाको मन वात्सल्यपूर्ण हुन्छ नै । अभिभावकजस्तै खराब भए पनि उसले सन्तान खराब होऊन् भन्ने चाहँदैनन् । मनीषाले पनि आफू जेलमा रहेको कुरा छोराले थाहा नपाओस् भनेर विदेशमा छु छोरा भनेर फोन गर्ने गरेकी छिन् ।

‘आमाछोराको फोनमा कुराकानी हुन्छ, छोरालाई विदेशमा छु भन्दै आमाको फोन आउँदा भावुक हुन्छु,’ होटल शिखरका सञ्चालक बरुवालले भने । मनीषाले छोरालाई वैदेशिक रोजगारीबाट १० वर्षपछि मात्रै फर्कने बताउने गरेकी छन् ।

मुलुकी अपराधसंहिता २०७४ को दफा ४१ बमोजिम पुनरावेदन अदालत बागलुङले तोकेको सजाय भुक्तान गरी जेलबाट छुट्ने समयलाई उनले विदेशबाट फर्कन्छु भनेर छोरालाई फोनमा बताउने गरेकी छन् । छोरा निमेशलाई धेरै धन कमाएपछि मात्रै घर फर्कने भन्दै फोन गर्ने आमा मनीषा कर्तव्य ज्यान मुद्दामा जेल सजाय भोगिरहेकी छन् । आमाछोराको मिठो खाने, राम्रो लगाउने अनि धेरै पढ्ने विषयमा भलाकुसारी हुन्छ ।

वडाको पहलमा सहयोग जुटाइँदै
यता बेनीनगरपालिका–९ का वडा अध्यक्ष चक्र केसीले आमाबुबाको अपराधको सजाय छोराले भोग्न नहुने भन्दै वडाले संरक्षण गरी सहयोग जुटाउने बताए । ‘अबोध बालक निमेशको भविष्य अँध्यारो भएको छ, सबैको साथ र सहयोगको आवश्यकता छ,’ वडा अध्यक्ष केसीले भने ।

उहाँले निमेशको नाममा माछापुच्छ्रे बैंकमा खाता खोलिएकाले Nimeshkhadka, 0160969886900015 Machhapuchhre Bank Beni Branch खातामा सहयोग जुटाएर लालनपालन र उच्च शिक्षासम्मको पढाइ पूरा गर्ने बताए । सन्तानको सबभन्दा ठूलो खुशी आमा हुने भएकाले आमाको अभाव हुननदिने गरी उचित संरक्षण गर्नुपर्नेमा उनले जोड दिए ।


प्रकाशित मिति: १६ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?