Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

हान अध्यक्षमा विनायक शाह सर्वसम्मत निर्वाचित


१५ वैशाख, काठमाडाैँ । होटल सङ्घ नेपाल (हान)को १४औँ अध्यक्षमा विनायक शाह सर्वसम्मत निर्वाचित भएका छन् । सङ्घको ४८औँ वार्षिक साधारणसभामार्फत शाहको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

नवनिर्वाचित अध्यक्ष शाह एयरपोर्ट होटलका सञ्चालक हुन् । उहाँ यसअघि हानको प्रथम उपाध्यक्ष थिए । साधारणसभाबाट प्रथम उपाध्यक्षमा प्रवीणबहादुर पाण्डे, द्वितीय उपाध्यक्ष विनय तुलाधर, महासचिवमा साजन शाक्य र कोषाध्यक्षमा युवराज श्रेष्ठ चयन भएका छन् ।

साथै कार्यसमिति सदस्यमा विधाता श्रेष्ठ, जयदिन श्रेष्ठ, सारिक अहमद लारी, विनोदशङ्कर श्रेष्ठ, दिनेश श्रेष्ठ, विशालकुमार कैंथ, राजेन्द्र भट्ट, रामकुमार पुरी, ठाकुरप्रसाद पोखरेल, लक्ष्मण अर्याल, विप्लव पौडेल र गोपाल राना, राजन श्रेष्ठ र सुमन घिमिरे चयन भएका छन् ।


प्रकाशित मिति: १५ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?