Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

कोरोना सङ्क्रमित एक जनाको मृत्यु, १११ जना संक्रमित थपिए


१४ वैशाख, काठमाडाैँ । कोरोना सङ्क्रमित थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीका अनुसार आज एक कोरोना सङ्क्रमितको मृत्यु भएको हो ।

आजमात्रै कोरोनाबाट एक सय ११ नयाँ सङ्क्रमित थपिएका हुन् । जम्मा दुई हजार पाँच सय १७ नमूना परीक्षणबाट एक सय ११ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

काठमाडौँ उपत्यकामा अहिले कोरोना सङ्क्रमितको सङ्ख्या तीन सय ७८, संस्थागत आइसोलेसनमा १८ र सघन उपचार कक्षमा छ बिरामी रहेका छन् । यस्तै भेन्टिलेटरमा एक बिरामी छन् ।

परिवार कल्याण महाशाखाअन्र्तगतको बालस्वास्थ्य तथा खोपसेवा शाखाका प्रमुख डा अभियान गौतमका अनुसार देशभर कोरोनाविरुद्धको खोप लगाउनेको सङ्ख्यासमेत बढ्न थालेको छ । उनले खोप लगाउन छुटेका व्यक्तिलाई केन्द्रमा राखेर खोप अभियान सञ्चालन भइरहेको जनाउँदै नजिकैको स्वास्थ्य केन्द्रबाट छुटेका सबैलाई पहिलो, दोस्रो र बुस्टर खोप लगाउन आग्रहसमेत गरेका छन् ।


प्रकाशित मिति: १४ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?