Trending
>>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन >>   ‘स्पष्ट बहुमतको सरकार बन्दा राजनीतिक अस्थिरता हट्छ’ >>   स्वास्थ्य बीमामा सुधार ल्याउन सरकारले स्वदेशी उद्योगबाटै ‘बल्क’मा औषधि खरिद गर्ने >>   नेपालकै पहिलो ‘एक्स्ट्रा डोज’ प्रविधिको सेती पुलको निर्माण ५७ प्रतिशत सम्पन्न >>   सरकारलाई ५ हजार नेपाली नागरिकले गराए मध्यपूर्वमा आफू असुरक्षित रहेको जानकारी
Logo
२८ फाल्गुन २०८२, बिहीबार
२८ फाल्गुन २०८२, बिहीबार

नेपाल र अष्ट्रेलियाबीच हवाई उडानबारे छलफल


१४ वैशाख, काठमाडाैँ । नेपाल र अष्ट्रेलियाबीच हवाई सम्पर्क सञ्जाल विस्तार र पर्यटन प्रवद्र्धनका लागि साझेदारिताबारे आज छलफल भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र नेपालीका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी जेन भोकबीच मन्त्रालयमा भएको भेटमा दुई देशबीच हवाई उडान र पर्यटनका विषयमा छलफल भएको पर्यटनमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

नेपाल र अष्ट्रेलियाबीच हवाई सम्पर्क सञ्जाल विस्तारका लागि यसअघि नै प्रक्रिया अघि बढिसकेको छ । यसका लागि मन्त्रालयमा कार्ययोजना समेत पेश भइसकेको छ ।

अष्ट्रेलियामा सिधा उडानका लागि नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले प्रक्रिया अघि बढाइएको जानकारी दिए । “सरकारले वायुसेवा निगमलाई अष्ट्रेलिया उडानका लागि आधिकारिक एयरलाइन्स तोकेको छ”, उनले भने, “अष्ट्रेलियामा हवाई उडानका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ ।”

सन् २०१९ मा नेपाल र अष्ट्रेलियाबीच द्विपक्षीय हवाई सेवा सम्झौता भएको थियो । नेपालले हालसम्म ४० मुलुकसँग द्विपक्षीय हवाई सेवा सम्झौता गरिसकेको छ ।

आजै पर्यटनमन्त्री किरातीले ‘इन्टर्नशिप’का लागि फ्रान्स गएका विद्यार्थीलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गर्दै फ्रान्समा नेपालको राम्रो सम्भयता छाडेर आउन आग्रह गरे ।

“अब पर्यटन विश्वविद्यालय चाँडै खोलिदैछ तपाईंहरुको आवश्यकता त्यहाँ पनि पर्छ राम्रो अध्ययन गरेर आउनुहोला । तपाईंहरुले एक वर्ष त्यहाँ सिक्न मात्रै जादै हुनुहुन्न यो देशको राम्रो सभ्यता समेत छाडेर आउनुहुनेमा विश्वास छ”, पर्यटनमन्त्री किरातीले भने ।

होटल व्यवस्थापन विषय अध्यानरत २४ विद्यार्थीलाई पर्यटनमन्त्रीले विदाई गर्नुभएको हो । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) का विद्यार्थीहरुले फ्रान्सको सेभोलेमा रहेको १०० वर्ष पुरानो विश्वाविद्यालयमा एक बर्ष इन्टर्नशिप गर्नेछन् ।

साथै फ्रान्सबाट नाथममा इन्टर्नशिप गर्नका लागि भोलि विद्यार्थीहरु यहाँ आउने कार्यक्रम रहेको नाथमका कार्यकारी निर्देशक राजेश उप्रेतीले जानकारी दिए ।


प्रकाशित मिति: १४ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?