Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

सुडानबाट ५३४ भारतीय नागरिकको उद्धार


१४ वैशाख, एजेन्सी । भारतले सुडानको राजधानी खार्तुम र अन्य भागमा फसेका आफ्ना नागरिकको उद्धारलाई तीव्र गतिमा अघि बाढएको छ । बहत्तरघण्टे युद्धविरामको उपयोग गर्दै सैन्यविमान र युद्धपोत प्रयोग गरेर पाँच सय ३४ जनालाई उद्धार गर्न लागेको हो ।

राजधानी खार्तुमबाट आठ सय किलोमिटर टाढा रहेको सुडान बन्दरगाहबाट भारतीय जलसेनाको युद्धपोत सुमेधाले दुई सय ७८जना भारतीय नागरिरको पहिलो खेपलाई साउदी अरबको जुद्दा पुर्याएको छ ।

अपरेशन कावेरीअन्तर्गत भारतीय वायु सेनाका विमानले दुई खेपमा दुई सय ५६ जनालाई उद्धार गरेर सोही स्थानमा पुर्याएको विदेश राज्यमन्त्री वी मुरलीधरनले बताएका छन् । जेद्दाबाट उनीहरूलाई यथाशीघ्र भारत ल्याइने उनले जानकारी दिए ।

यसैबीच एएफपीले ५० लाख जनसङ्ख्या रहेको खार्तुमबाट विदेशी सरकारले जल, स्थल र नभमार्गबाट आफ्ना नागरिकलाई उद्धार गरिरहेका जनाएको छ । यसरी उद्धार गरिएकामा केही सुडानी पनि छन् । करिब ५० देशका एक हजार सात सय नागरिक बोकेको पानीजहाज आज बिहान साउदी अरब आइपुगेको छ ।

साउदी विदेश मन्त्रालयकाअनुसार दुई हजार विदेशीसहित दुई हजार एक सय ४८ जनालाई साउदी अरबले नै उद्धार गरेको छ । विभिन्न देशले जिबुटी, चाड, साइप्रस र साउदी अरबमा आफ्ना सैनिक एवम् वाहन तैनाथ गरेर उद्धारलाई तीव्र गतिमा अघि बढाएका छन् ।

संयुक्त राज्य अमेरिका र साउदी अरबको मध्यस्थतामा एघारदिनअघि प्रारम्भ भएको युद्ध सुडानी सशस्त्र बल (एसएएफ) र र्यापिड सपोर्ट फोर्सेस (आएसएफ) सोमबार मध्यरातदेखि ७२ घण्टा युद्धविराम गर्न सहमत भएका हुन् ।

दोहोरो झडपमा परी चार सय ६० जनाभन्दा बढीको मृत्यु भइसकेको छभने तीन हजार सात सयभन्दा बढी घाइते भएका छन् । युद्धमा ज्यान गुमाउने र घाइते हुनेको वास्तविक सङ्ख्या योभन्दा धेरै भएको अनुमान गरिएको छ । राष्ट्रसङ्घीय निकायले करिब दु्ई लाख सुडानी सुरक्षित स्थानको खोजीमा छिमेकी मुलुकतर्फ भागेका बताएका छन् ।


प्रकाशित मिति: १४ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?