Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

सुडानबाट ५३४ भारतीय नागरिकको उद्धार


१४ वैशाख, एजेन्सी । भारतले सुडानको राजधानी खार्तुम र अन्य भागमा फसेका आफ्ना नागरिकको उद्धारलाई तीव्र गतिमा अघि बाढएको छ । बहत्तरघण्टे युद्धविरामको उपयोग गर्दै सैन्यविमान र युद्धपोत प्रयोग गरेर पाँच सय ३४ जनालाई उद्धार गर्न लागेको हो ।

राजधानी खार्तुमबाट आठ सय किलोमिटर टाढा रहेको सुडान बन्दरगाहबाट भारतीय जलसेनाको युद्धपोत सुमेधाले दुई सय ७८जना भारतीय नागरिरको पहिलो खेपलाई साउदी अरबको जुद्दा पुर्याएको छ ।

अपरेशन कावेरीअन्तर्गत भारतीय वायु सेनाका विमानले दुई खेपमा दुई सय ५६ जनालाई उद्धार गरेर सोही स्थानमा पुर्याएको विदेश राज्यमन्त्री वी मुरलीधरनले बताएका छन् । जेद्दाबाट उनीहरूलाई यथाशीघ्र भारत ल्याइने उनले जानकारी दिए ।

यसैबीच एएफपीले ५० लाख जनसङ्ख्या रहेको खार्तुमबाट विदेशी सरकारले जल, स्थल र नभमार्गबाट आफ्ना नागरिकलाई उद्धार गरिरहेका जनाएको छ । यसरी उद्धार गरिएकामा केही सुडानी पनि छन् । करिब ५० देशका एक हजार सात सय नागरिक बोकेको पानीजहाज आज बिहान साउदी अरब आइपुगेको छ ।

साउदी विदेश मन्त्रालयकाअनुसार दुई हजार विदेशीसहित दुई हजार एक सय ४८ जनालाई साउदी अरबले नै उद्धार गरेको छ । विभिन्न देशले जिबुटी, चाड, साइप्रस र साउदी अरबमा आफ्ना सैनिक एवम् वाहन तैनाथ गरेर उद्धारलाई तीव्र गतिमा अघि बढाएका छन् ।

संयुक्त राज्य अमेरिका र साउदी अरबको मध्यस्थतामा एघारदिनअघि प्रारम्भ भएको युद्ध सुडानी सशस्त्र बल (एसएएफ) र र्यापिड सपोर्ट फोर्सेस (आएसएफ) सोमबार मध्यरातदेखि ७२ घण्टा युद्धविराम गर्न सहमत भएका हुन् ।

दोहोरो झडपमा परी चार सय ६० जनाभन्दा बढीको मृत्यु भइसकेको छभने तीन हजार सात सयभन्दा बढी घाइते भएका छन् । युद्धमा ज्यान गुमाउने र घाइते हुनेको वास्तविक सङ्ख्या योभन्दा धेरै भएको अनुमान गरिएको छ । राष्ट्रसङ्घीय निकायले करिब दु्ई लाख सुडानी सुरक्षित स्थानको खोजीमा छिमेकी मुलुकतर्फ भागेका बताएका छन् ।


प्रकाशित मिति: १४ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?