Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

५ सय र १ हजारका नोट छाप्न बन्द गरियोस् : सांसद देवकोटा


१३ वैशाख, काठमाडाैँ । ५ सय र १ हजारका नोट छाप्न बन्द गर्न सांसद खिमलाल देवकोटाले प्रस्ताव गरेका छन् ।

बुधबारको राष्ट्रिय सभाको बैठकमा ‘सुदृढ अर्थतन्त्र निर्माण गर्नका लागि अल्पकालीन,मध्यकालीन र दीर्घकालीन नीति र योजना निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्ने’भन्ने विषयको प्रस्तावमाथि छलफलमा भाग लिँदै सांसद देवकोटाले यस्तो प्रस्ताव गरेका हुन् । यसले भ्रष्टाचार नियन्त्रणमा सहयोग पुग्ने पनि उनले बताएका छन् ।

‘बजारमा लगानी गर्नुपर्ने रकम घुसिया कर्मचारी, घुसिया नेता र दलाल बिचौलियाले बोराका बोरा लुकाउने गरेको भन्ने सुनिन्छ। मेरो अनुरोध छ रु ५ सय र रु १ हजारका नोट छाप्न बन्द गरियोस्। बजारबाट सबै नोट खिचियोस्। यसले केही हदसम्म करप्सन कन्ट्रोलमा सहयोग पुर्‍याउनेछ।’, उनले भने ।


प्रकाशित मिति: १३ बैशाख २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?