Trending
>>   वागमतीमा उज्यालो नेपाल पार्टीको सरकार बन्छ:कुलमान घिसिङ >>   ‘विपद् प्रभावित क्षेत्रमा तत्काल बेलीब्रिज र राहत प्याकेजको माग’ >>   राष्ट्र बैंकले विदेशी भुक्तानीको सीमा बढायो, के–केमा भयो परिवर्तन ? >>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

५ सय र १ हजारका नोट छाप्न बन्द गरियोस् : सांसद देवकोटा


१३ वैशाख, काठमाडाैँ । ५ सय र १ हजारका नोट छाप्न बन्द गर्न सांसद खिमलाल देवकोटाले प्रस्ताव गरेका छन् ।

बुधबारको राष्ट्रिय सभाको बैठकमा ‘सुदृढ अर्थतन्त्र निर्माण गर्नका लागि अल्पकालीन,मध्यकालीन र दीर्घकालीन नीति र योजना निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्ने’भन्ने विषयको प्रस्तावमाथि छलफलमा भाग लिँदै सांसद देवकोटाले यस्तो प्रस्ताव गरेका हुन् । यसले भ्रष्टाचार नियन्त्रणमा सहयोग पुग्ने पनि उनले बताएका छन् ।

‘बजारमा लगानी गर्नुपर्ने रकम घुसिया कर्मचारी, घुसिया नेता र दलाल बिचौलियाले बोराका बोरा लुकाउने गरेको भन्ने सुनिन्छ। मेरो अनुरोध छ रु ५ सय र रु १ हजारका नोट छाप्न बन्द गरियोस्। बजारबाट सबै नोट खिचियोस्। यसले केही हदसम्म करप्सन कन्ट्रोलमा सहयोग पुर्‍याउनेछ।’, उनले भने ।


प्रकाशित मिति: १३ बैशाख २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?