Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

राष्ट्रिय सभाबाट संसदीय समितिमा रहने तीन जना चयन


१३ वैशाख, काठमाडाैँ । राष्ट्रिय सभाबाट संसदीय समितिमा तीन जना चयन भएका छन् । बुधबार बसेको राष्ट्रिय सभाको बैकठबाट संसदीय समितिमा रहने तीन जनाको नाम टुंगो लगाएको हो ।

नेकपा माओवादी केन्द्रका जगप्रसाद शर्मा, नेकपा एमालेका देवेन्द्र दाहाल र नेपाली कांग्रेसका रमेशजंग रायमाझी राष्ट्रिय सभाबाट संसदीय सनुवाइ समितिमा परेका छन् ।

संसदीय समिति १५ सदस्यीय हुन्छ । उक्त समितिमा राष्ट्रिय सभाबाट ३ र प्रतिनिधि सभाबाट १२ जना सदस्य चयन हुने छन् ।

प्रतिनिधि सभाले पनि आजै समिति गठनका लागि नाम प्रस्ताव गर्ने बताइएको छ । प्रतिनिधिसभाबाट कांग्रेस र एमालेका ४-४ तथा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनता समाजवादी १-१ जना सदस्य समितिमा चयन हुने बताइएको छ ।


प्रकाशित मिति: १३ बैशाख २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?