Trending
>>   वागमतीमा उज्यालो नेपाल पार्टीको सरकार बन्छ:कुलमान घिसिङ >>   ‘विपद् प्रभावित क्षेत्रमा तत्काल बेलीब्रिज र राहत प्याकेजको माग’ >>   राष्ट्र बैंकले विदेशी भुक्तानीको सीमा बढायो, के–केमा भयो परिवर्तन ? >>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

राष्ट्रिय सभाबाट संसदीय समितिमा रहने तीन जना चयन


१३ वैशाख, काठमाडाैँ । राष्ट्रिय सभाबाट संसदीय समितिमा तीन जना चयन भएका छन् । बुधबार बसेको राष्ट्रिय सभाको बैकठबाट संसदीय समितिमा रहने तीन जनाको नाम टुंगो लगाएको हो ।

नेकपा माओवादी केन्द्रका जगप्रसाद शर्मा, नेकपा एमालेका देवेन्द्र दाहाल र नेपाली कांग्रेसका रमेशजंग रायमाझी राष्ट्रिय सभाबाट संसदीय सनुवाइ समितिमा परेका छन् ।

संसदीय समिति १५ सदस्यीय हुन्छ । उक्त समितिमा राष्ट्रिय सभाबाट ३ र प्रतिनिधि सभाबाट १२ जना सदस्य चयन हुने छन् ।

प्रतिनिधि सभाले पनि आजै समिति गठनका लागि नाम प्रस्ताव गर्ने बताइएको छ । प्रतिनिधिसभाबाट कांग्रेस र एमालेका ४-४ तथा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनता समाजवादी १-१ जना सदस्य समितिमा चयन हुने बताइएको छ ।


प्रकाशित मिति: १३ बैशाख २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?