Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

राष्ट्रपति बाइडेन जी सेभनको शिखर बैठकमा सहभागी हुने


१३ वैशाख, एजेन्सी । अमेरिकाका राष्ट्रपति जो बाइडेन आगामी जेठ ५ देखि ७ गतेसम्म जापानको हिरोसिमामा आयोजना हुने जी सेभनका नेताहरूको शिखर सम्मेलनमा सहभागी हुने भएका छन् । उक्त घोषणा राष्ट्रपतिको कार्यालयले आज गरेको हो ।

शिखर बैठकको कार्यसूची युक्रेन युद्ध, विश्वव्यापी जलवायु तथा खाद्य सङ्कट तथा समावेशी आर्थिक वृद्धि हुने राष्ट्रपति कार्यालयका सञ्चार अधिकृत करिन जीन पियरले एक विज्ञप्ति निकालेर बताएका छन् ।

जी सेभनमा बेलायत,क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान र संयुक्त राज्य अमेरिका छन् । दोस्रो विश्वयुद्धमा अमेरिकाले आणविक बम खसालेको उक्त स्थानमा हुने शिखर बैठकमा जापानले आणविक निःशस्त्रीकरणलाई मुल मुद्दा बनाउने प्रधानमन्त्री फुमियो किसिदाले बताएका छन् ।

जी सेभनको बैठकपछि अमेरिकी राष्ट्रपतिले अष्ट्रेलियको सिड्नीमा हुने अष्ट्रेलिया, भारत, जापान र अमेरिका सदस्य रहेको रणनीतिक सुरक्षा समूह क्वाड नेताहरूको शिखर सम्मेलनमा भाग लिने कार्यक्रम रहेको ह्वाइट हाउसले जनाएको छ ।

एशिया–प्रशान्त क्षेत्रमा चीनको प्रभाव बढ्न नदिन गठित क्वाडको बैठकमा उदीयमान प्रविधि, गुणस्तरीय पूर्वाधार, विश्व स्वास्थ्य, जलवायु परिवर्तन, समुद्री क्षेत्रमा जागरुकता अभिवेृद्धिलगायत विषयमा विचारविमर्श हुनेछ ।


प्रकाशित मिति: १३ बैशाख २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?