Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

फ्लाई दुबईका नेपाल प्रमुख र स्टेशन म्यानेजरको पास रोक्का


१२ वैशाख ,काठमाडौँ । नेपाल उड्डयन प्राधिकरणले फ्लाई दुबईको जहाजको इन्जिनमा भएको आगलागीको घटनामा चरा ठोक्किएको भनी भ्रमपूर्ण सूचना फैलाएको भन्दै नेपाल प्रमुख र स्टेशन म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक लगाएको छ ।

प्राधिकरणले प्रमाणबिना दुबईबाट गलत सूचना फैलाउने दुवै जनाको पास तत्कालका लागि रोक्का गरेको हो । प्राधिकरण सहायक प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार नयाँ निर्णय नभएसम्मका लागि उनिहरूलाई विमानस्थल प्रवेशमा रोक लगाइएको छ ।

प्राधिकरणद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, “प्राधिकरणको आधिकारिक निष्कर्ष बीना सो वायुसेवाको अफिसियल पेजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘बर्ड स्ट्रिक’को कारणले गर्दा सो घटना भएको विवरण सार्वजनिक भएकोमा फ्लाई दुबई एयरलाइन्सको काठमाडौँस्थित कन्ट्री म्यानेजर विनोेद अब्रहम र एयरपोट म्यानेजर नर नारायण पकवानको विमानस्थल प्रवेश पास रोक्का गरिएको छ ।”

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट एक सय ६८ यात्रु बोकेर सोमबार राति फ्लाई दुबईको जहाज कोटेश्वरतर्फबाट उड्दै गर्दा कोटेश्वरको आकाशमा विस्फोटको आवाजसँगै इन्जिनमा आगोको लप्का देखिएको थियो ।


प्रकाशित मिति: १२ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?