Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

भारी मतान्तर सहित रवि लामिछाने पुनः निर्वाचित


१२ वैशाख, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति पुनः प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । गत आइतबार भएको उपनिर्वाचनको मतगणना सकिएसँगै लामिछाने पुनः विजयी भएका हुन् ।

रवि लामिछानेले चितवन २ मा ५४१७५ मत पाए भने दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ११११४ मत पाएका छन् । अन्तिम मत परिणाम अनुसार लामिछाने ४३ हजार भन्दा बढी मतान्तर सहित विजयी भएका हुन् ।

यसभन्दा अघि गत मंसिरमा भएको आम निर्वाचनमा पनि लामिछाने करीब ४० हजार मतले विजयी भएका थिए । तर, नागरिकता सम्बन्धि मुद्दामा दोषी देखिएपछि उनको सांसद पद खारेज भएको थियो । सोही कारण उक्त क्षेत्रमा उपनिर्वाचन भएको हो ।

उपनिर्वाचन भएको तनहुँ १ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले विजयी भएका छन् । त्यस्तै, बारा २ मा भने स्वतन्त्र पार्टीका रमेश खरेल पछि परिरहेका छन् । उक्त क्षेत्रमा गठबन्धनको पक्षबाट उठेका उपेन्द्र यादव अघि रहेका छन् ।


प्रकाशित मिति: १२ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?