Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

भारी मतान्तर सहित रवि लामिछाने पुनः निर्वाचित


१२ वैशाख, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति पुनः प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । गत आइतबार भएको उपनिर्वाचनको मतगणना सकिएसँगै लामिछाने पुनः विजयी भएका हुन् ।

रवि लामिछानेले चितवन २ मा ५४१७५ मत पाए भने दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ११११४ मत पाएका छन् । अन्तिम मत परिणाम अनुसार लामिछाने ४३ हजार भन्दा बढी मतान्तर सहित विजयी भएका हुन् ।

यसभन्दा अघि गत मंसिरमा भएको आम निर्वाचनमा पनि लामिछाने करीब ४० हजार मतले विजयी भएका थिए । तर, नागरिकता सम्बन्धि मुद्दामा दोषी देखिएपछि उनको सांसद पद खारेज भएको थियो । सोही कारण उक्त क्षेत्रमा उपनिर्वाचन भएको हो ।

उपनिर्वाचन भएको तनहुँ १ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले विजयी भएका छन् । त्यस्तै, बारा २ मा भने स्वतन्त्र पार्टीका रमेश खरेल पछि परिरहेका छन् । उक्त क्षेत्रमा गठबन्धनको पक्षबाट उठेका उपेन्द्र यादव अघि रहेका छन् ।


प्रकाशित मिति: १२ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?