Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

जितनारायण श्रेष्ठले दिए रवि लामिछानेलाई बधाई


१२ वैशाख, चितवन । नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेलाई बधाई दिएका छन् । चितवन २ मा भएको मतगणना जारी रहँदा लामिछानेले जित्ने निश्चित भएपछि उनले बधाई दिएका हुन् ।

बधाई दिँदै श्रेष्ठले लामिछानेलाई नेपालको झण्डा उपहार पनि दिएका छन् । उनले सो क्रममा लामिछानेको काममा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

‘क्षेत्र नम्बर दुईको विकासमा धेरै काम गर्न बाँकी छ। यहाँको समस्या समाधान गर्न उहाँले सहयोग मागे म तयार छु। प्रतिस्पर्धीले सहयोग माग्दा विकास निर्माणमा सकारात्मक सहयोग गर्छु।’उनले भने, ‘उहाँसँग राष्ट्रले अपेक्षा गरेको छ, मेरो पनि जनप्रतिनिधि हो भन्ने अनुभूति गर्न पाउन पर्छ। ‘

जवाफमा लामिछानेले पनि स्वच्छ र स्वस्थ प्रतिस्पर्धा भएको बताउँदै सहकार्य काम गर्ने बताएका छन् ।


प्रकाशित मिति: १२ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?