Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

जितनारायण श्रेष्ठले दिए रवि लामिछानेलाई बधाई


१२ वैशाख, चितवन । नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेलाई बधाई दिएका छन् । चितवन २ मा भएको मतगणना जारी रहँदा लामिछानेले जित्ने निश्चित भएपछि उनले बधाई दिएका हुन् ।

बधाई दिँदै श्रेष्ठले लामिछानेलाई नेपालको झण्डा उपहार पनि दिएका छन् । उनले सो क्रममा लामिछानेको काममा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

‘क्षेत्र नम्बर दुईको विकासमा धेरै काम गर्न बाँकी छ। यहाँको समस्या समाधान गर्न उहाँले सहयोग मागे म तयार छु। प्रतिस्पर्धीले सहयोग माग्दा विकास निर्माणमा सकारात्मक सहयोग गर्छु।’उनले भने, ‘उहाँसँग राष्ट्रले अपेक्षा गरेको छ, मेरो पनि जनप्रतिनिधि हो भन्ने अनुभूति गर्न पाउन पर्छ। ‘

जवाफमा लामिछानेले पनि स्वच्छ र स्वस्थ प्रतिस्पर्धा भएको बताउँदै सहकार्य काम गर्ने बताएका छन् ।


प्रकाशित मिति: १२ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?