Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

‘पादरीका अनुयायीको मृत्यु आतङ्कवादसँग मिल्दोजुल्दो’


१२ वैशाख, एजेन्सी । केन्याका राष्ट्रपति विलियम रुटोले सोमबार देशको दक्षिणमा एक पादरीका दर्जनौं अनुयायीहरूको भोकमरीबाट मृत्यु आतङ्कवाद जस्तै रहेको टिप्पणी गरेका छन् ।

उनले प्रहरी हिरासतमा रहेका पास्टर पल माकेन्जी कुनै धर्मसँग जोडिएको नभई अपराधमा जेलमा रहेको बताएका छन् ।

“माकेन्जी … एक पास्टरको रूपमा ढोंग गर्छन् तर वास्तवमा उनी एक भयानक अपराधी हुन्,” रुटोले भने।

माकेन्जीलाई येशुलाई भेट्नका लागि आफ्ना अनुयायीहरूलाई मृत्यु उपवास बस्न वाध्य पारेको आरोपमा पक्राउ गरिएको थियो। उनका अनुयायीहरूलाई भने जीवितै उद्धार गरिएको थियो तर ती मध्ये केही पछि मरेका थिए। केन्या रेड क्रस सोसाइटीले पादरीको मुख्य चर्च रहेको मालिन्दीमा स्थापना गरिएको ट्रेसिङ डेस्कमा ११२ व्यक्ति हराइरहेको उल्लेख गरिएको थियो।

रुटोले कानून प्रवर्तन एजेन्सीहरूलाई यो विषयलाई कुनै पनि धर्मसँग नजोडिएको फौजदारी मुद्दाका रूपमा राम्रोसँग अनुसन्धान गर्न निर्देशन दिएका छन् । सन् २०२२ मा निर्वाचित भएका रुटोलाई देशको पहिलो इभान्जेलिकल क्रिस्चियन राष्ट्रपतिको रूपमा प्रचार गरिएको थियो ।


प्रकाशित मिति: १२ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?