Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

स्रोत नखुलेको रकमसहित चार जना पक्राउ


सर्लाहीको छुट्टाछुट्टै स्थानबाट स्रोत नखुलेको रकमसहित चार जनालाई प्रहरी नियन्त्रणमा लिएको छ । सर्लाहीको गोडैता नगरपालिका–१२, लक्ष्मीचोकबाट स्रोत नखुलेको रु १० लाख ४५ हजार नोटसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गस्तीमा खटेको प्रहरी टोलीले शुक्रबार साँझ बागमती प्रदेश ०१–०२५ च १७९४ नम्बरको कार जाँच गर्ने क्रममा उक्त रकम फेला परेपछि कार चालक काठमाडौँ बागेश्वरी मनोहरा नपा–८ बस्ने वर्ष ३२ को पहलाद चापागाई, सोही कारमा सवार मनोहरा–२ बस्ने वर्ष २७ को सनम बस्नेत र मनोहरा–८ बस्ने ३६ वर्षीय शिव चापागाईलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिनुभयो । त्यस्तै प्रहरीले मलङ्गवा–२ नेपाल विद्युत् प्राधिकरण कार्यालय अगाडिबाट रु दुई लाखसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत जिल्ला सीतामढी ग्राम पञ्चायत मढिया–३, तिलहंगी बस्ने जयलाल महतोको छोरा १९ वर्षीय राहुल रहेको प्रहरीले जनाएको छ । महतो नगदसहित साइकलबाट आउँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।


प्रकाशित मिति: ३० पुष २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?